Friday 25th September 2026

लालीगुराँसको कार्यबाहक अध्यक्षमा बिराज तामाङ, आगामी जुनमा चाैथो अधिवेशन तथा ९ औं वार्षिक उत्सव गर्ने


तितोपाटी – लालीगुराँस साँस्कृतिक परिवारको कार्य समितिमा केहि हेरफेर भएको छ । लालीगुराँस साँस्कृतिक परिवार कुवेतका वर्तमान अध्यक्ष माधव पाैडेलको कार्य व्यस्तताको कारण कुवेतको नेपाली समुदायमा हुने विभिन्न गतिविधिमा समय दिन नभ्याए पछि सँस्थाको गत शुक्रबार बसेको बैठकले दैनिक गतिविधिमा सहजता होस भनि सँस्थाका महासचिव बिराज तामाङलाइ कार्यबाहक अध्यक्षको जिम्मा दिने निर्णय गरेको कुरा लालीगुराँस साँस्कृतिक परिवार कुवेतका अध्यक्ष माधव पाैडल “असल यात्री” ले तितोपाटी डट कम लाइ बताए ।

“हाम्रो संस्कृति हाम्रो परम्परा” भन्ने मुल नाराका साथ सन २०१० देखि कुवेतको नेपाली समाजमा कला र संस्कृतिको विकास र प्रवर्द्धनमा लागि पर्दै कृयाशिल रहँदै अाएको लालीगुराँस साँस्कृतिक परिवार कुवेतले सँस्थाको चाैथो  अधिवेशन तथा ९ औं वार्षिक उत्सव अागमी जुन महिनामा गर्ने निर्णय गरेको पनि लालीगुराँसका प्रवक्ता इन्द्र थापा मगरले जानकारी गराए ।

स्मरण रहोस, लालीगराँस साँस्कृतिक परिवार कुवेतले अाफ्नो स्थापनाकालदेखि नै माैलिक कला र संस्कृतिको संरक्षण हेतु प्रवासमै भए पनि बिभिन्न साँस्कृतिक कार्यक्रमहरू गर्दै अाएको छ भने नेपाली चाड पर्वहरू दशैं तिहार जस्ता ठुला चाड पर्वमा विशेष सांगितिक धमाकाहरू गर्दै अाएको छ ।


सम्बन्धित शीर्षकहरु

पाकिस्तानले अफगानिस्तानका १० स्थानमा हवाई तथा ड्रोन हमला गरेको जनाएको छ। पाकिस्तानका सूचनामन्त्री अताउल्लाह तरारका अनुसार ती स्थानहरू ड्रोन लन्च…

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सम्बोधन गर्दै नेपाली प्रधानमन्त्री बालेन्द्र शाहले हालै नेपालमा आएको विनाशकारी बाढी र जलवायु परिवर्तनका असरबारे विश्व…

यमनका हुथी विद्रोहीहरूको आक्रमण बढ्दै गएपछि साउदी अरेबिया, टर्की र पाकिस्तानले आपत्कालीन उच्चस्तरीय बैठक गर्ने भएका छन्। तीन देशका विदेश…

प्रतिकृयाहरू
...