Saturday 18th July 2026

इरानी आक्रमणले कुवेतको अर्को विद्युत् तथा पानी प्रशोधन केन्द्रमा पनि आगलागी


शनिबार इरानी आक्रमणका कारण कुवेतको एक विद्युत् उत्पादन तथा समुद्री पानी प्रशोधन (डिसेलिनेसन) केन्द्रमा आगलागी भएको छ। यो लगातार दोस्रो दिन यस्ता पूर्वाधारमा भएको आक्रमण हो।

कुवेतको विद्युत्, पानी तथा नवीकरणीय ऊर्जा मन्त्रालयका अनुसार केन्द्र र त्यहाँ कार्यरत कर्मचारीहरूको सुरक्षाका लागि केही विद्युत् उत्पादन एकाइहरू अस्थायी रूपमा बन्द गरिएको छ, ताकि राष्ट्रिय विद्युत् ग्रिडको स्थिरता कायम रहोस्।

घटनालगत्तै आपत्कालीन टोली, कुवेत फायर फोर्स र अन्य सम्बन्धित निकायहरू परिचालन गरी आगो नियन्त्रणमा ल्याउने प्रयास गरिएको छ। मन्त्रालयले सबै आपत्कालीन योजना सक्रिय पारिएको र विद्युत् तथा खानेपानी सेवामा न्यूनतम असर पर्ने गरी काम भइरहेको जनाएको छ। प्राविधिक टोलीहरू २४सै घण्टा निगरानीमा खटिएका छन्।

मन्त्रालयले मर्मत कार्य जारी रहेकाले विशेषगरी बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म विद्युत् खपत कम गर्न नागरिक तथा बासिन्दासँग आग्रह गरेको छ। साथै, आधिकारिक स्रोतबाट आउने सूचनामात्र विश्वास गर्न र अफवाहबाट सचेत रहन अनुरोध गरेको छ।

यसअघि हिँजो शुक्रबार विद्युत् तथा पानी प्रशोधन केन्द्रमा आक्रमण हुँदा संरचना र धेरै विद्युत् उत्पादन एकाइहरूमा क्षति पुगेको थियो।


सम्बन्धित शीर्षकहरु

इस्लामाबाद/मुजफ्फराबाद, जुलाई १७ — पाकिस्तान प्रशासित कश्मीर (आज़ाद जम्मू–कश्मीर) मा पछिल्ला केही सातादेखि जारी राजनीतिक अशान्ति र सुरक्षा कारबाहीका क्रममा…

गुलाम नबी मन्सुर, कुवेत - जब देशका ऊर्जाशील युवाहरूले पालैपालो आफ्नै शरीरमा आगो लगाएर जीवन अन्त्य गर्नुपर्ने अवस्था सिर्जना हुन्छ,…

लन्डन। बेलायत सरकारले अर्जेन्टिनाको राष्ट्रिय फुटबल टोलीविरुद्ध छानबिन गर्न विश्व फुटबल महासंघ (फिफा) लाई आग्रह गरेको छ। विश्वकपको सेमिफाइनलमा इंग्ल्यान्डलाई…

प्रतिकृयाहरू
...