Sunday 13th September 2026

कुवेतमा हत्या तथा याैन दूर्व्यवहारका दोषी ५ जनालाइ मृत्युदण्ड दिइयो


कुवेतमा हत्या तथा याैन दूर्व्यवहारका दोषी ५ जनालाइ मृत्युदण्ड दिइएको छ । गत २० जुन २०२६ मा पाँच जना दोषीलाई सबै कानुनी प्रक्रिया पूरा गरी अमिरको अनुमोदनपछि झुण्ड्याएर मृत्युदण्ड कार्यान्वयन गरिएको हो । अभियुक्तहरूलाई अनुसन्धानदेखि तीनै तहका अदालतसम्म पूर्ण सुनुवाइ तथा बचाउको अधिकार प्रदान गरिएको थियो, र एक अभियुक्तले पुनर्विचारका लागि निवेदनसमेत दिएको थियो।

दोषीमध्ये अली मनाही मुफ्रेख अल–सुबैई (कुवेती नागरिक) पूर्वनियोजित हत्या, हत्या प्रयास तथा अवैध हतियार राखेको अभियोगमा दोषी ठहर भएका उच्च जोखिमका कैदी थिए, जो जेलबाट फरार भएका थिए।

त्यसैगरी, हसन सलेम आयेश अल–राशिदी (कुवेती नागरिक) जेलबाट भाग्ने घटनामा संलग्न भई आफ्नै साथीको पूर्वनियोजित हत्या गरेको अभियोगमा मृत्युदण्ड पाएका थिए।

मह्मूद हम्दी अहमद हसन (इजिप्सियन नागरिक) अपहरण तथा यौन दुर्व्यवहारका गम्भीर अपराधमा दोषी ठहर भएका थिए। उनले पीडितलाई धम्की र बल प्रयोग गरी अपहरण गर्ने, यौन दुर्व्यवहार गर्ने तथा गैरकानुनी रूपमा नियन्त्रणमा राख्ने जस्ता अपराध गरेका थिए।

अहमद मोहम्मद काते ओबेद ‘साद अल–अब्दुल्लाह गार्डेन’सँग सम्बन्धित पूर्वनियोजित हत्या प्रकरणमा दोषी ठहर भएका राष्ट्रविहीन (बेदुन) व्यक्ति हुन्।

त्यस्तै, मालिह अल–हुमैदी अल–हर्शानी(कुवेती नागरिक) आफ्नै सासूको हत्या गरेको अभियोगमा दोषी ठहर भएका थिए। उनी जेलबाट फरार भएका र हिंसात्मक व्यवहार देखाउने व्यक्ति थिए।

अभियोजनका अनुसार यी सबै मृत्युदण्डहरू अदालतका अन्तिम निर्णयपछि तथा सम्पूर्ण कानुनी र संवैधानिक प्रक्रिया पूरा भएपछि मात्र कार्यान्वयन गरिएको हो।

-अरबटाइम्सबाट

https://www.arabtimesonline.com/news/kuwait-executes-five-convicts-know-who-they-are-and-what-crime-they-committed/


सम्बन्धित शीर्षकहरु

यमनमा इरानसमर्थित होउथी समूह अर्थात् अन्सार अल्लाहले केही दिनमै लाल सागरको रणनीतिक क्षेत्रमा आफ्नो नियन्त्रण तीव्र रूपमा विस्तार गरेको छ।…

फिलिपिन्सको पालावान प्रान्तस्थित कोरोननजिकै यात्रुवाहक फेरीमा लागेको भीषण आगलागीबाट मृत्यु हुनेको संख्या ३५ पुगेको छ। फिलिपिन्स कोस्ट गार्डले जलेको एमभी…

खोटाङ–कुवेत सम्पर्क मञ्चले नेपालका बाढीपीडित नागरिकहरूको राहत तथा पुनर्स्थापनाका लागि रु. १ लाख ११ हजार १११ आर्थिक सहयोग प्रदान गर्ने…

प्रतिकृयाहरू
...