Friday 10th July 2026

सरकारले भाडाका सवारी साधनको वार्षिक कर वृद्धि गर्यो


सरकारले भाडामा प्रयोग हुने सवारी साधनहरूको वार्षिक आयकर दर उल्लेख्य रूपमा बढाएको छ। साना देखि ठूला तथा विद्युतीय सवारीसम्म करमा १ हजारदेखि २ हजार ५ सय रुपैयाँसम्म वृद्धि गरिएको छ।
नयाँ दर अनुसार विभिन्न सीसीका कार, जिप, भ्यान आदिको कर बढाइएको छ भने ट्रक, बस, मिनी ट्रक, टिप्पर, र हेभी मेसिनरी उपकरणहरूको कर पनि उल्लेख्य रूपमा वृद्धि गरिएको छ।
साना तथा कृषि सवारी (जस्तै ट्र्याक्टर, अटो, टेम्पो) र पावर टिलरको कर पनि बढाइएको छ। साथै विद्युतीय सवारी र ई–रिक्सा तथा भाडाका दुई पाङ्ग्रे सवारीका लागि समेत नयाँ कर दर निर्धारण गरिएको छ।

समग्र वृद्धि
कर वृद्धि: १,००० देखि २,५०० रुपैयाँसम्म

साना/निजी र हलुका सवारी (कार, जिप, भ्यान, माइक्रोबस)
0–1300 CC: ६,५०० (पहिले ५,५००)
1301–2000 CC: ७,००० (पहिले ६,०००)
2001–2900 CC: ७,५०० (पहिले ६,५००)
2901–4000 CC: ९,५०० (पहिले ८,०००)
4000 CC माथि: ११,००० (पहिले ९,०००)

मध्यम सवारी (मिनी ट्रक, मिनी बस, ट्याङ्कर)
मिनी ट्रक/मिनी बस/पानी ट्याङ्कर: ९,५०० (पहिले ८,०००)
मिनी टिप्पर: ११,००० (पहिले ९,०००)

ठूला सवारी
ठूला ट्रक/बस: १२,५०० (पहिले १०,५००)
हेभी मेसिनरी (डोजर, एक्साभेटर आदि), तेल ट्याङ्कर, ग्यास बुलेट: १७,५०० (पहिले १५,५००)

साना तथा कृषि सवारी
ट्र्याक्टर, अटो, थ्री ह्विलर, टेम्पो: ३,५०० (पहिले २,५००)
पावर टिलर: ३,००० (पहिले २,०००)

विद्युतीय सवारी (EV)
०–५० किलोवाट: ४,०००
५०–१२५ किलोवाट: ५,०००
१२५–२०० किलोवाट: ७,५००
२०० किलोवाट माथि: ९,५००

अन्य
ई–रिक्सा: ३,५००
भाडाका दुई पाङ्ग्रे: ३,०००


सम्बन्धित शीर्षकहरु

विशेषगरी न्युरोड क्षेत्रको उल्लेखनीय रूपान्तरण अहिले सामाजिक सञ्जालमा व्यापक रूपमा चर्चाको विषय बनेको छ। सुधारिएको सडक संरचना, सम्पदामैत्री डिजाइन, व्यवस्थित…

चिनियाँ कम्युनिष्ट पार्टीका नेता तथा चीनका वाणिज्य उपमन्त्री यान दोङ सोमबार नेपाल भ्रमणमा आउँदै छन्। स्वर्णिम वाग्ले नेतृत्वको आर्थिक टोलीसँग…

इरानसँग बढ्दो तनावबीच मध्यपूर्वमा अमेरिकी नौसेनाको शक्ति प्रदर्शन, २० भन्दा बढी युद्धपोत सक्रिय इरानसँग बढ्दो क्षेत्रीय तनावका बीच अमेरिकी केन्द्रीय…

प्रतिकृयाहरू
...