Tuesday 15th September 2026

आन्तरिक क्षमता अभिवृद्धि तालिम सफलतापूर्वक सम्पन्न


गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) कुवेतले आफ्नै संगठनका सदस्यहरूको दक्षता र नेतृत्व क्षमता विकास गर्ने उद्देश्यसहित आयोजना गरेको आन्तरिक क्षमता अभिवृद्धि तालिम हिजो सफलतापूर्वक सम्पन्न भयो।

तालिम अध्यक्ष विकास सिंह ठकुरीको अध्यक्षतामा सञ्चालन गरिएको थियो। कार्यक्रममा एनआरएनए एनसीसी कुवेतका २० जना सदस्य सहभागी भएका थिए। तालिम संस्थाको दीर्घकालीन सुदृढता, कार्यक्षेत्रको स्पष्टता, र आन्तरिक सहकार्यलाई प्रभावकारी बनाउन लक्षित थियो।

सत्रका दौरान सहभागीहरूलाई संस्थाको विधान, पदाधिकारीहरूको काम–कर्तव्य र अधिकार, निर्णय प्रक्रिया, कार्यशैली तथा संगठनको औपचारिक सञ्चालनबारे विस्तृत जानकारी प्रदान गरियो।

तालिम श्रव्य–दृश्य (Audio–Visual) प्रस्तुतीकरणमार्फत सञ्चालन भएको थियो, जसले सामग्री बुझ्न सजिलो बनायो र सहभागीहरूको सक्रियता बढायो। भिडियो, प्रस्तुती र व्यवहारिक उदाहरणहरूको प्रयोगले तालिमलाई अझ प्रभावकारी बनाएको थियो।

तालिमका प्रशिक्षक तथा प्रवक्ता दिपेन्द्र निरौलाले सहभागी उन्मुख शैलीमा सत्र प्रस्तुत गर्दै व्यावहारिक सीप र संस्थागत अनुशासनबारे स्पष्ट दृष्टिकोण राख्न सहयोग र सद्भभाब पुगेको पाइयो।
एनआरएनए एनसीसी कुवेतले भविष्यमा पनि यस्ता आन्तरिक क्षमता विकासका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।


सम्बन्धित शीर्षकहरु

फिलिपिन्सको मुस्लिम बहुल Bangsamoro Autonomous Region in Muslim Mindanao (BARMM) मा पहिलो पटक संसदीय चुनाव भइरहेको छ। यस चुनावमा करिब…

इन्डोनेसियाको जाभा सागरमा यात्रुवाहक फेरी पल्टिएपछि बेपत्ता भएका १२९ जनाको खोजी कार्य तीव्र पारिएको छ। खराब मौसमका कारण आइतबार Virgo…

१८ दिनदेखि रातदिन नभनी खोला किनारमा जोखिम मोलेर उद्धारमा खटिएका सागर ढकालले विदेशी सञ्चारमाध्यममा प्रकाशित आरोप तथा नकारात्मक भाष्यप्रति आपत्ति…

प्रतिकृयाहरू
...