Tuesday 15th September 2026

कुवेतमा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १४१औँ जन्म जयन्ती मनाईयो


कुवेत – माङसेबुङ सरोकार समाज कुवेतको आयोजनामा किराँत धर्मका महान गुरु समाज सुधारक तथा नेपालको १६ औं राष्ट्रिय विभूति
फाल्गुनन्द लिङ्देनको १४१ औँ जन्म जयन्ती साथै समाजको तेश्रो वार्षिकोत्सव सम्पन्न भएको छ ।

कुवेतको मङ्गाफस्थित मेमोरिस हलको सभाहलमा ०७ नोभेम्बर २०२५ शुक्रवारको दिन समाजका अध्यक्ष अमित राईको सभापतित्व तथा नेपाल आदिवासी जनजाति महासंघ कुवेत शाखाका अध्यक्ष बल बहादुर काम्बाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कुवेतका अध्यक्ष दिल कुमार पाख्रीन, नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतका उपाध्यक्ष चन्द्र गोतामे लगायतको विशेष आतिथ्यता रहेको थियो भने कुवेतमा कृयाशिल विभिन्न संघ सस्थाका प्रमुख तथा प्रतिनिधिको उपस्थित रहेको थियो ।

“किराँत धर्म भाषा लिपि साहित्य र संस्कृतिको सम्बर्द्धन हाम्रो साझा अभियान” भन्ने नारा सहित कुवेतको नेपाली समाजमा विगत ३ वर्ष पहिले स्थापना भएको समाजले आफ्नो तेश्रो वार्षिकोत्सव साथै महागुरु फाल्गुनन्दको जन्म जयन्ती कात्तिक २५ गते आईतबार भएता पनि प्रवासी कार्यव्यस्तताले गर्दा शुक्रवार नै मनाइएको हो । समाज सुधारमा उनले पुर्‍याएको योगदानको कदर गर्दै नेपाल सरकारले महागुरु फाल्गुनन्दलाई बि. स. २०६६ साल मङ्सिर १६ गते राष्ट्रिय विभूति घोषणा गरेको थियो ।

समाजका सचिव अनिश लावतीको संचालन रहेको कार्यक्रममा वक्ताहरुले शुभकामना मन्तव्य सहित राष्ट्रिय विभूति तथा महागुरु फाल्गुनन्दको समाज सुधारको कदमलाई प्रशंसा गरेका थिए । फाल्गुनन्दले किरात भाषा, संस्कृति तथा समाज सुधारमा महत्त्वपूर्ण योगदान पुर्याउनुको साथै समाज सुधारका निमित्त नीति निर्माणका लागि बनाएको सात बुँदे ‘सत्य धर्म मुचुल्का’ २४ वैशाख १९८८ मा पारित भएको थियो । त्यस्तै उनले विश्वयुद्धमा भारतीय सिपाही बनेर युद्ध लडेका पनि थिए । युद्धबाट फर्किएरपछि ध्यान, कर्म तथा धार्मिक, सांस्कृतिक सुधारमा लागेका पाईन्छ ।


सम्बन्धित शीर्षकहरु

फिलिपिन्सको मुस्लिम बहुल Bangsamoro Autonomous Region in Muslim Mindanao (BARMM) मा पहिलो पटक संसदीय चुनाव भइरहेको छ। यस चुनावमा करिब…

इन्डोनेसियाको जाभा सागरमा यात्रुवाहक फेरी पल्टिएपछि बेपत्ता भएका १२९ जनाको खोजी कार्य तीव्र पारिएको छ। खराब मौसमका कारण आइतबार Virgo…

१८ दिनदेखि रातदिन नभनी खोला किनारमा जोखिम मोलेर उद्धारमा खटिएका सागर ढकालले विदेशी सञ्चारमाध्यममा प्रकाशित आरोप तथा नकारात्मक भाष्यप्रति आपत्ति…

प्रतिकृयाहरू
...