Friday 9th October 2026

कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा


यात्री समाज कुवेतले आयोजना गरेको देउसी- भैलो कार्यक्रम ले तिहारको अवसरमा समाजले नेपाली धर्म, संस्कृति र परम्पराको संरक्षण गर्दै गीत-संगीत, रीतिरिवाज र भेषभूषासँगै उल्लासपूर्ण वातावरणमा देउसी-भैलो खेलेको थियो।

अक्टोबर २१, २२ र २३ गते तीन दिनसम्म नेपाली व्यवसायिक स्थल र समाजसेवीहरूको निवासमा पुगेर देउसी–भैलो प्रस्तुत गरिएको थियो। नेपाली समुदायको उत्साहपूर्ण सहभागिताले माहोल झन् जीवन्त बनेको थियो।

कार्यक्रमबाट जम्मा १०१६ केडी दक्षिणा संकलन भएको छ, जसमा ७५० केडी संस्था कोषमा सुरक्षित राखिएको छ। सो रकममध्ये करिब ६० प्रतिशत रकम समाजसेवामा प्रयोग गरिने योजना रहेको छ। म्याग्दी र दाङका दुई विद्यालयलाई सहयोग गर्ने र सडक बालबालिकाको सहयोगमा संलग्न संस्थाहरूसँग हातेमालो गर्ने तयारी समाजले गरेको छ।

महासचिव सुमित पोखरेलका अनुसार, “यो केवल चाडपर्वको उत्सव होइन, परदेशमा बसेर पनि आफ्नो संस्कृतिको रक्षा गर्ने हाम्रो प्रयास हो। देउसीको गीत र भैलोको तालमा हामीले माया, एकता र सहयोगको सन्देश बाँडेका छौं।”

कुवेत जस्तो टाढाको भूमिमा पनि नेपाली संस्कृतिको उज्यालो यसरी फैलिनु सानो कुरा होइन। देउसी–भैलोले सबै नेपालीलाई एकसाथ जोड्यो, मनले नजिक ल्यायो र सम्झायो जहाँ गए पनि हामी नेपाली हौं, हाम्रो संस्कृतिले नै हामीलाई चिनाउँछ।


सम्बन्धित शीर्षकहरु

सन् २०२६ को नोबेल शान्ति पुरस्कार दक्षिण अफ्रिकी न्यायविद् नाभनेथेम ‘नवी’ पिल्लेलाई प्रदान गरिने भएको छ। युद्ध अपराध, मानवताविरुद्धका अपराध…

काठमाडौंको बूढानीलकण्ठस्थित एक घरबाट प्रहरीले २१ किलो ७५० ग्रामभन्दा बढी अवैध सुन बरामद गरेको छ। यस घटनामा तीन चिनियाँ नागरिक…

शनिबार हुने प्रदर्शनलाई ध्यानमा राख्दै दिल्लीमा हजारौँ सुरक्षाकर्मी परिचालन गर्ने तयारी गरिएको छ। प्रदर्शनकारीहरूले मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा…

प्रतिकृयाहरू
...