Tuesday 15th September 2026

इजरायलमा मारिएका विपिन जोशीको महाकाली नदीमा अन्त्येष्टि


तितोपाटी- इजरायलमा मारिएका विपिन जोशीको आज कञ्चनपुरस्थित महाकाली नदी किनारमा अन्त्येष्टि गरिएको छ । महाकालीको भुजेलाघाटमा राष्ट्रिय सम्मानसहित उनको अन्त्येष्टि गरिएको हो । विपिन जोशीको सम्मानमा प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले विपीनको शवमा नेपालको राष्ट्रिय झन्डा ओढाएका थिए भने सशस्त्र प्रहरीले सलामी अर्पण गरेको थियो ।

उनको शव इजरायलबाट सोमबार दिउँसो काठमाडौं ल्याइपुर्याइएको थियो । काठमाडौंबाट नेपाली सेनाको स्काइ ट्रकबाट धनगढी र त्यहाँबाट कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाषीस्थित घर पुर्‍याइएको थियो । विपिनको शव परिवारलाई हस्तान्तरण गर्न नेपालस्थित इजरायली दूतावासका अधिकारी विपिनको घरसम्म पुगेका थिए । राति अबेर घरमा शव ल्याइपुर्‍याइएकाले आज बिहान शवयात्रासहित महाकाली नदी किनारमा लगेर अन्त्येष्टि गरिएको हो । दुई वर्षअघि अध्ययनको सिलसिलामा इजरायल लगभग महिना दिन मै विपिन जोशीलाई  हमास लडाकुले  नियन्त्रणसँगै हत्या भएको थियो ।

 


सम्बन्धित शीर्षकहरु

फिलिपिन्सको मुस्लिम बहुल Bangsamoro Autonomous Region in Muslim Mindanao (BARMM) मा पहिलो पटक संसदीय चुनाव भइरहेको छ। यस चुनावमा करिब…

इन्डोनेसियाको जाभा सागरमा यात्रुवाहक फेरी पल्टिएपछि बेपत्ता भएका १२९ जनाको खोजी कार्य तीव्र पारिएको छ। खराब मौसमका कारण आइतबार Virgo…

१८ दिनदेखि रातदिन नभनी खोला किनारमा जोखिम मोलेर उद्धारमा खटिएका सागर ढकालले विदेशी सञ्चारमाध्यममा प्रकाशित आरोप तथा नकारात्मक भाष्यप्रति आपत्ति…

प्रतिकृयाहरू
...