Tuesday 15th September 2026

कुवेतमा एनआरएनएद्वारा निःशुल्क स्वास्थ्य शिविर


गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) बद्री पक्षले आफ्नो पदस्थापनको पहिलो त्रैमासिकमै प्रचारमुखी गतिविधिभन्दा प्रभावकारी र श्रमिकमैत्री कार्यक्रमहरू सञ्चालनमा जोड दिएको छ।

कार्यकालको सुरुवाती चरणमै वास्तविक प्रवासी नेपालीहरूको आवश्यकता सम्बोधन गर्ने उद्देश्यका साथ व्यावहारिक कामलाई प्राथमिकता दिएको समूहले जनाएको छ।

त्यसैअनुसार, एनआरएनए राष्ट्रिय समन्वय परिषद्, कुवेतले भिभा क्लिनिक (VIVA Clinic) कुवेतको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ।

कार्यक्रम अक्टोबर १०, २०२५ (शुक्रबार) का दिन बिहान ७ बजेदेखि राति ९ बजेसम्म कुवेतको मङ्गाफस्थित भिभा क्लिनिकमा सञ्चालन हुनेछ।

शिविरमा सहभागी हुने सबै नेपाली नागरिकलाई निःशुल्क स्वास्थ्य परामर्श र आवश्यक औषधि उपलब्ध गराइनेछ। साथै, आधारभूत स्वास्थ्य परीक्षण, दाँत परीक्षण र आँखाको परीक्षणलगायत सेवा पनि प्रदान गरिने जनाइएको छ।

एनआरएनएले कुवेतमा रहेका सम्पूर्ण नेपाली नागरिक, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा अध्यक्षहरूलाई निर्धारित समयमा उपस्थित भई स्वास्थ्य परीक्षणमा सहभागी हुन आग्रह गरेको छ।

समूहले यस अभियानमार्फत कुवेतमा कार्यरत नेपाली समुदायबीच स्वास्थ्य सचेतना बढाउने र दीर्घकालीन स्वास्थ्य सुरक्षामा सहयोग पुर्‍याउने उद्देश्य लिएको जनाएको छ।

भिभा क्लिनिक कुवेतकै एक लोकप्रिय र विश्वासिलो स्वास्थ्य संस्था हो, जसले लामो समयदेखि गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ।


सम्बन्धित शीर्षकहरु

पाकिस्तानमा उच्च प्राथमिकतामा खोजी गरिएका कुख्यात आतंकवादीहरूको सूचीमा जैस–ए–मोहम्मदका प्रमुख मसुद अजहरको नाम समावेश भएको विषय अहिले फेरि चर्चामा आएको…

भोटेकोसी क्षेत्रमा आएको भीषण बाढीबाट ४ खर्ब ८ अर्ब रुपैयाँभन्दा बढी क्षति भएको प्रारम्भिक सरकारी अध्ययनले देखाएको छ। बाढी प्रभावित…

मध्यपूर्वमा अमेरिका, इरान, साउदी अरब र हुथी विद्रोहीबीच तनाव थप बढेको छ। अमेरिकी सेनाको CENTCOM ले पनामा झण्डावाहक तेल ट्यांकर…

प्रतिकृयाहरू
...