Friday 9th October 2026

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद्, कुवेत (बद्री समूह)को पत्रकार सम्मेलन तथा भेटघाट कार्यक्रम सम्पन्न


कुवेत, साल्मिया — वर्ष २०२५–२०२७ का लागि निर्वाचित गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद्, कुवेत (बद्री समूह)ले साल्मियास्थित गोर्खा किचनमा पत्रकार सम्मेलन तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा अधिवेशन सफल पार्न विशेष भूमिका निर्वाह गर्ने पत्रकार, कुवेतस्थित विभिन्न राजनीतिक दलका प्रतिनिधि, खेलकुद क्षेत्रमा सक्रिय खेलाडी, संघ–संस्था, व्यवसायी तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग र सहभागिता जनाउने सबैप्रति आभार प्रकट गर्दै धन्यवाद ज्ञापन गरिएको थियो।

पत्रकार सम्मेलनमा पदाधिकारीहरूले जानकारी दिँदै, आगामी दिनहरूमा निरन्तर अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने, विभिन्न संघ–संस्थाहरूको सहभागिता सुनिश्चित गर्ने, आगामी दुई वर्षको कार्ययोजना अघि बढाउने, र कुवेतमा रहेका नेपालीहरूका समस्याहरूको समाधानका लागि पहल गर्ने विषयमा प्रतिबद्धता व्यक्त गरे।

भेटघाट कार्यक्रममा नेपाल पत्रकार महासंघ कुवेत शाखाका पत्रकार, विभिन्न मिडिया हाउसका प्रतिनिधि तथा फोटो पत्रकारहरूको उल्लेखनीय उपस्थिति थियो। सहभागीहरूले आगामी दिनहरूमा आफ्ना विचार, सुझाव र प्रस्तुतिहरू राख्ने अवसर पाउने विषयमा सहमति जनाए।

अधिवेशनको समयमा उपस्थित हुन नसकेका ICC सदस्य होमनाथ गिरि पनि कार्यक्रममा सहभागी भएका थिए। नवनिर्वाचित कार्यसमितिले उहाँलाई स्वागत गर्दै, उहाँको मन्तव्यमा सबै पक्षलाई समेटेर मिलेमतोका साथ अघि बढ्ने तथा केन्द्रसँग प्रभावकारी समन्वय गर्दै निरन्तर क्रियाशील रहने कुरा जोड दिइयो।

त्यसैगरी, नवनिर्वाचित अध्यक्ष विकास सिंह ले पनि सबैको साथ र सहयोगका लागि आभार व्यक्त गर्दै, निर्वाचित पदाधिकारीको तर्फबाट धन्यवाद ज्ञापन गर्नुभयो। उहाँले आगामी दिनको कार्ययोजना र भविष्यको दृष्टिकोणबारे आफ्नो विचार प्रस्तुत गर्दै, सबैको सक्रिय सहभागिता रहँदा मात्र लक्ष्य हासिल गर्न सकिने धारणा राख्नुभयो।


सम्बन्धित शीर्षकहरु

काठमाडौँ, २३ असोज। साउदी अरब र यमनका हुथी विद्रोहीबीच चर्किएको सैन्य द्वन्द्वमा पाकिस्तानको भूमिकालाई लिएर नयाँ विवाद उत्पन्न भएको छ।…

काठमाडौं — हिमालयन रि–इन्स्योरेन्स लिमिटेडको कोष अपचलन तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोगमा व्यवसायी दीपक भट्टसहित २० व्यक्ति तथा संस्थाविरुद्ध काठमाडौं जिल्ला…

 निकटस्थहरूको घरमा एकैसाथ छापा काठमाडौं — पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासँग जोडिएका व्यक्तिहरूमाथि राज्यका अनुसन्धान निकायले अनुसन्धान तीव्र पारेका छन्। सम्पत्ति शुद्धीकरण…

प्रतिकृयाहरू
...