Wednesday 9th July 2025

स्व. बिमला सार्किको शव नेपाल पठाउन प्रवासी नेपाली मञ्चको सहयोग


कुवेत – कुवेतमा काम गर्दै आएकी चितवन भरतपुर–१८ स्थायी घर भएकी स्व. बिमला सार्किको शव नेपाल पठाउन प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीले आर्थिक सहयोग गरेको छ।

लामो समयदेखि कुवेतमा अवैधानिक रुपमा (ईलिगल स्टाटसमा) बस्दै आएकी बिमलाको हालै मृत्यु भएको थियो। शव स्वदेश पठाउन लाग्ने खर्च मञ्चको श्रमिक राहत कोषमार्फत प्रदान गरिएको हो।

कुवेतस्थित नेपाली दूतावासका अनुसार, स्व. बिमलाको शव यहि असार १६ गते (01 जुलाई 2025) का दिन कुवेत एयरवेजमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौं पठाइने तालिका रहेको छ।

यसअघि पनि प्रवासी नेपाली मञ्चले दुई जनाको शव नेपाल पठाउन सहयोग गरिसकेको छ। मञ्च कुवेतका प्रतिनिधिहरूले संकटमा परेका नेपालीलाई उचित कानुनी प्रक्रिया अपनाई स्वदेश फर्कन सुझाव दिएका छन्। साथै, कुवेतसहित अन्य देशहरूमा रोजगारीका लागि जाने नेपालीहरूलाई वैधानिक हैसियतमा बस्न, कागजात समयमै नवीकरण गर्न पनि आग्रह गरिएको छ।

मञ्चले बारम्बार अनुरोध गर्दै आएको छ— वैदेशिक रोजगारीमा जाँदा कानुनको पालना गर्नुपर्छ, अन्यथा अप्ठ्यारोमा पर्नुपर्ने अवस्था आउन सक्छ।

यस घटनाले कानुनी हैसियतको महत्व फेरि एकपटक देखाएको छ।


सम्बन्धित शीर्षकहरु

यमनका हुथीहरूले हालै नौसेना अपरेशनको फुटेज जारी गरेका छन । जसले लाल सागरमा व्यावसायिक जहाज म्याजिक सीजलाई डुबाएको देखाएको छ…

तितोपाटी-सिदार्थ राज मार्ग बुटवल पाल्पा सडक खण्ड अन्तर्गत सिद्धबाबा नजिकै पहिरो खस्दा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ ।…

तितोपाटी- पुर्वमन्त्री एबम नेकपा एकीकृत समाजबादीकी युवा नेतृ राम कुमारी झाक्रीलाई थप ७ दिन भित्रमा स्पष्टिकरण बुझाउन पाटीको सचिबालय बैठकले…

प्रतिकृयाहरू
...