Tuesday 25th August 2026

नेपाल पत्रकार महासंघ कुवेतको १६ औं स्थापना दिवस तथा श्रमिक सचेतना कार्यक्रमको तयारी पूरा


सन् २०१० मा स्थापना भएको नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले आफ्नो १६ औं स्थापना दिवसको अवसरमा “श्रमिक सचेतना कार्यक्रम २०२५” आयोजना गरि मनाउने तयारी सहितको कार्यक्रम यहि २७ जुन २०२५का दिन आयोजना गरेको छ ।

स्थापना दिवसको अवसरमा “माधव शाही स्मृति परोपकारी पत्रकारिता पुरस्कार “पनि प्रदान गरिने छ । १४ औं स्थापना दिवसबाट सुरु गरिएको “माधव शाही स्मृति परोपकारी पत्रकारिता पुरस्कार ” हरेक स्थापना दिवसको अवसरमा कुवेत रहि पत्रकारिता गर्दै आएका विभिन्न मिडियामा आवद्ध रहि योगदान दिएकाहरु बाट उत्कृष्ट एक जना छनौट गरि दिदै आएको छ।

जुन २७ तारीख शुक्रबारको दिन दिनको ठिक २ बजे बाट सुरु हुने कार्यक्रम खैतान स्थित राजधानी रेस्टुरेन्टको सभाहलमा आयोजना गरिने आयोजकले जनाएको छ । १६ औं स्थापना दिवस तथा “श्रमिक सचेतना कार्यक्रम २०२५” लाई सभ्य र भब्य सहित सफल पार्नको लागि कुवेतमा रहेका सम्पुर्ण नेपाली समुदाय लगायत बुद्धिजीवी, समाजसेवी, राजनीति कर्मी , खेलाडी, पत्रकार सहित विभिन्न संघ संस्थामा आवद्ध समुदायलाई उपस्थितिको लागि शाखाका अध्यक्ष राज मल्लद्वारा निमन्त्रणा गरिएको छ ।
१५ औं स्थापना दिवसको अवसरमा विदेश विमर्श कार्यक्रम सफलता पुर्वक सम्पन्न गरिएको नेपाल पत्रकार महासंघ वैदेशिक शाखाले १६औं स्थापना दिवसको अवसर “श्रमिक सचेतना कार्यक्रम २०२५” कार्यक्रम गर्न लागिएको हो ।

पुनश्च
कार्यक्रमको विवरण
मिति :- २७ जुन २०२५
समय :- दिनको ठिक २:०० बजे
स्थान :- राजधानी रेस्टुरेन्टको सभाहल खैतान कुवेत
आयोजक :- नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेत


सम्बन्धित शीर्षकहरु

केन्याभरका हजारौँ नर्सहरू उचित तलब, सुरक्षित कार्य वातावरण र आफ्नो पेशाको सम्मानको माग गर्दै हडतालमा उत्रिएका छन्। नर्सहरूका अनुसार वर्षौँदेखि…

दक्षिण सुडानको जोङ्लेई राज्यमा संयुक्त राष्ट्रसंघ (यूएन) को गस्ती टोलीमाथि सशस्त्र समूहले आक्रमण गर्दा दुई शान्ति सैनिकको मृत्यु भएको छ।आक्रमणको…

नेपालको स्वास्थ्य बीमा कार्यक्रममा सहभागीको संख्या बढे पनि यसको वित्तीय दायित्व तीव्र रूपमा बढ्दै गएको छ। स्वास्थ्य बीमा बोर्डका अनुसार…

प्रतिकृयाहरू
...