Friday 25th September 2026

कुवेतमा ‘वाणी र व्यवस्थापन’ तालिम सम्पन्न


“हाम्रो संस्कृति, हाम्रो पहिचान; हाम्रो लिपि–भाषा, हाम्रो शान” भन्ने मूल नारासहित कुवेतमा ‘वाणी र व्यवस्थापन तथा वक्तृत्वकला एवं कार्यक्रम सञ्चालन तालिम’ भव्य रूपमा सम्पन्न भएको छ। नेपाली समुदायको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित उक्त तालिममा करिब ६० जना नेपालीहरूको सक्रिय सहभागिता रहेको थियो।

किरात याक्थुङ चुम्लुङ कुवेत र सुनुवार सेवा समाज कुवेतको संयुक्त आयोजनामा सम्पन्न उक्त तालिममा सञ्चारकर्मी तथा युवा नेतृत्वकर्ता दिपेन्द्र निरौलाले प्रशिक्षकका रूपमा प्रशिक्षण दिएका थिए। तालिम कार्यक्रमको संयोजन किरात याक्थुङ चुम्लुङ कुवेतका सचिव तथा निरेम टिमका प्राविधिक सुरेन्द्र लिम्बुले गरेका थिए।

यस कार्यक्रमलाई friendi mobile ले प्रायोजन गरेको थियो भने Al Mulla Exchange, नेपाल पत्रकार महासंघ कुवेत शाखा र निरेम प्रोडक्सन (प्राविधिक) को विशेष सहकार्य रहेको थियो।

अडियो–भिजुअल प्रस्तुति र आकर्षक शैलीमा सञ्चालित उक्त तालिममा सहभागीहरूले कार्यक्रम सञ्चालन कला, प्रोटोकल, तालिका निर्माण, उद्घोषण कला, भाषण शैली, माइक तथा पोडियम प्रयोग, सार्वजनिक बोलाइको नवीन शैली, कार्यक्रम व्यवस्थापनका नयाँ तरिका तथा आवश्यक टिप्स र ट्रिक्सहरू सिकेका थिए।

कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ कुवेत शाखाका अध्यक्ष राज मल्ल हुनुहुन्थ्यो भने विशेष अतिथिका रूपमा हरी लावती (NRNA ICC सदस्य) र अल मुल्ला एक्सचेञ्जका प्रतिनिधि भुवन सुवेदीको उपस्थिति रहेको थियो। साथै, विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो।

सहभागीहरू तालिमको शैली र प्रस्तुति देखेर अत्यन्तै उत्साहित देखिएका थिए। उनीहरूका अनुसार, “विदेशी भूमिमा रहँदा आफ्नै नेपाली प्रशिक्षकबाट प्रत्यक्ष रूपमा यस्ता दक्षता विकास तालिम प्राप्त गर्नु गौरवको कुरा हो। मनोरञ्जन मात्र नभई क्षमता विकासमा समेत प्रवासी नेपाली समाज सक्रिय हुन थालेको यो एक उदाहरणीय पहल हो।”

कुवेतमा व्यवस्थित र व्यावसायिक ढंगले सम्पन्न गरिएको उक्त तालिमले प्रवासमा रहेका नेपालीहरूबीच व्यक्तित्व विकास र नेतृत्व क्षमताको निर्माणमा नयाँ ऊर्जा थपेको थियो।
कार्यक्रमको अन्त्यमा छोटो औपचारिक समारोहका साथ सम्पूर्ण सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिँदै कार्यक्रम बिधिवत रूपमा समापन गरिएको थियो।


सम्बन्धित शीर्षकहरु

यमनका हुथी विद्रोहीहरूको आक्रमण बढ्दै गएपछि साउदी अरेबिया, टर्की र पाकिस्तानले आपत्कालीन उच्चस्तरीय बैठक गर्ने भएका छन्। तीन देशका विदेश…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई ह्वाइट हाउसमा आयोजित भव्य राजकीय भोजमा स्वागत गरेका छन्। दुवै नेताले अमेरिका–चीन…

संयुक्त राष्ट्रसंघको महासभाको तेस्रो दिन इजरायल, प्यालेस्टाइन र इरानका विषयले धेरै चर्चा पाए। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानको कडा आलोचना…

प्रतिकृयाहरू
...