Sunday 16th August 2026

लखन थापामगर गोल्ड कपको पाँचौं संस्करण २५ जुलाई २०२५ मा आयोजना हुँदै


नेपालका प्रथम शहिद क्याप्टेन लखन थापामगरको स्‍मृतिमा मगर संघ शाखा कुवेतले सन् २०१४ देखी सञ्चालनमा ल्याएको शहिद लखन थापा मगर रनिङ् शिल्ड गोल्ड कप अन्तर-नेपाली भलिवल टुर्नामेण्टको पाँचौं संस्करण आगामी २५ जुलाई २०२५ शुक्रबारका दिन आयोजना गरिने मगर संघ कुवेतले जनाएको छ।

सन् २०१२ देखी कुवेतको नेपाली समुदायमा कृयाशिल रहँदै आएको मगर संघ कुवेतले लखन थापा मगर गोल्ड कपको पहिलो संस्करण ०७ फेब्रुअरी २०१४ मा सम्पन्न गरेको थियो। जसमा SDFC सेक्युरिटी टिम बिजेता र आयोजक मगर संघ उपबिजेता बनेका थिए भने १३ मार्च २०१५ मा आयोजना गरिएको दोश्रो संस्करणमा अल्घानिम सेक्युरिटी टिम बिजेता र नेवा गुठी उपबिजेता बनेका थिए।

यसैगरी विविध प्राविधिक कारणवश अनिश्चित कालसम्मको लागि स्थगित गरिएको गोल्ड कपलाई करिब ७ बर्ष पश्चात सन २०२३ मा निरन्तरता दिई तेश्रो संस्करण सम्पन्न गरिएको थियो। जसमा कल्याणकारी नेपाली युवा समाज बिजेता र आयोजक मगर संघ टिम उपबिजेता बनेका थिए भनें १४ जुन र ०५ जुलाई २०२४ मा आयोजना गरिएको चौंथो संस्करणमा कल्याणकारी नेपाली युवा समाजले लुम्बिनी समाजलाई फाईनलमा पराजित गर्दै पुन. बिजयी हाँसिल गरेको थियो।

लखन थापा मगर गोल्ड कपको तेश्रो र चौंथो संस्करणमा लगातार बिजेता बनेको कल्याणकारी नेपाली युवा समाज कुवेत पुन. पाँचौं संस्करणमा समेत बिजेता बनेको खण्डमा लगातार ३ पटक बिजेता बन्नेछ अर्थात गोल्ड कपमा ह्याट्रिक गर्नेछ भने आयोजकले ह्याट्रिक गरे बापत बिजेता पुरस्कार २५१ केडीको साथमा प्लस १०० केडी बढी नगदीले पुरस्कृत गर्नेछ तर गोल्ड कप आयोजकसँगै यथावत नै रहने र आगामी संस्करणहरुलाई निरन्तरता दिईने यस रनिङ शिल्डको नियमावली रहेको छ।

मगर संघ कुवेतले उक्त गोल्ड कप आयोजना गरिने दिन नेपाली समाज कुवेतमा कसैले पनि अन्य कार्यक्रमको आयोजना नगरी टुर्नामेण्टलाई एउटा सौहार्दपूर्ण बातावरणमा सम्पन्न पार्न सम्पूर्ण नेपाली संघ-संस्था, बुद्धिजिवी, भद्रभलाद्मी, समाजसेवी, पत्रकार, कलाकार, खेलाडी तथा आम खेलप्रेमी दर्शक महानुभावहरुलाई अनुरोध गर्दै सबैको साथ सहयोग र सल्लाह, सुझावको अपेक्षा गरेको छ।

मगर संघ कुवेतको गत ०२ मे २०२५ शुक्रबारका दिन अध्यक्ष जय आले मगरको अध्यक्षतामा फर्वानिया पार्कमा बसेको १५७औं मासिक बैठकले गोल्ड कपको पाँचौं संस्करण मगर संघ कुवेतको १४औं स्थापना दिवशको अवसरमा आयोजना गर्ने निर्णय गर्दै कुवेतस्थित सम्पूर्ण नेपाली भलिवल टिमहरुलाई टुर्नामेण्टमा सहभागी भई खेलको कौशलता प्रदर्शन गरी गोल्ड कपको उपाधी चुम्न आव्हान गरेको छ।

बैठकले मगर संघ कुवेतका सम्पूर्ण पदाधिकारीहरु सदस्य रहने गरि लखन थापा मगर गोल्ड कपको पाँचौं संस्करणमा संयोजकको जिम्मेवारी कार्यकारी सदस्य बिजय सारु मगरलाई र उप-संयोजकको जिम्मेवारी मिडिया बिभाग प्रमुख बिकास रोका मगरलाई दिएको छ।

भलिवल प्रतियोगिताको लागि सुविधा सम्पन्न हलको खोजिमा आयोजक रहेको र तय हुन साथ पुन. सुचित गरिने पनि आयोजकले जनाएको छ।


सम्बन्धित शीर्षकहरु

कुवेतमा २४ वर्षीय युवक गम्भीर अवस्थामा अस्पतालको सघन उपचार कक्ष (ICU) मा भर्ना भएका छन्। उनलाई खुट्टा र छातीमा पहिलो…

भारतले आज देशभर विविध कार्यक्रमका साथ आफ्नो ८०औँ स्वतन्त्रता दिवस मनाएको छ। सन् १९४७ अगस्ट १५ मा बेलायती उपनिवेशबाट स्वतन्त्र…

यस वर्षको मनसुन सुरु भएयता नेपालमा बाढी, पहिरो, चट्याङ, भारी वर्षा तथा हिमपहिरोका घटनाबाट ८५ जनाको मृत्यु भएको छ। नेपाल…

प्रतिकृयाहरू
...