Sunday 16th August 2026

राष्ट्रवादी नागरिक समाज (राजावादी)को नागरिक भेला गर्ने स्थान परिवर्तन


राष्ट्रवादी नागरिक समाज(राजावादी)को कुवेतमा हुने भनिएको कार्यक्रमको स्थान परिवर्तन भएको छ । आगामी १० जनवरी २०२५ का दिन समाजले साल्मिया स्थित गोर्खा किचन रेष्टुरेन्टको सभाहलमा नागरिक भेला गर्न लागेकोमा विविध कारणले उक्त हलमा कार्यक्रम गर्न असमर्थ रहेको जनाउँदै उक्त भेला सोही दिन मंगाफ स्थित हातेमालो नेपाली रेष्टुरेन्टको हलमा अायोजना गर्न लागिएको कुवेतका लागि संयोजक एवं उक्त समाजका केन्द्रीय सदस्य नबराज पराजुलीले बताए ।

पराजुलीले भने, पुर्वनिर्धारित कार्यक्रम अनुसार साल्मियामा समाजको भेला गर्ने भनिएकोमा सो स्थानमा भेला गर्ने नसकिएकोमा यसबाट समाजप्रति अास्थावान दाजुभाइ तथा दिदीबहिनीहरूमा पर्ने गएको असुविधाको लागि राष्ट्रवादी नागरिक समाज(राजावादी)को तर्फबाट क्षमा माग्दछाै । सोही दिन सोही समयमा मंगाफ स्थित सुल्तान सेन्टर पछाडि ग्र्याण्ड हाइपर संगै रहेको हातेमालो रेष्टुरेन्टको हलमा सो भेला अायोजना गरिने भएकोले सबै दाजुभाइ तथा दिदीबहिनीहरूलाइ हातेमालो रेष्टुरेन्टमा उपस्थित भइदिनुहुन अनुरोध गरेका छन् ।

स्मरण रहोस, यस अघि राष्ट्रवादी नागरिक समाज(राजावादी)ले अागामी १० जनवरी २०२५ शुक्रबारका दिन साँझ ५ बजे सो भेला बोलाएको थियो ।

राष्ट्रवादी नागरिक समाज (राजावादी)ले कुवेतमा नागरिक भेला गर्ने


सम्बन्धित शीर्षकहरु

युक्रेनले रूसको मस्को क्षेत्रलाई लक्षित गर्दै रातभरि व्यापक ड्रोन आक्रमण गरेको छ। मस्कोका मेयर सर्गेई सोब्यानिनका अनुसार साँझदेखि बिहान ६:३०…

इन्डोनेसियाको फ्लोरेस टापुमा शनिबार बिहान आएको ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी कम्तीमा ४७ जनाको मृत्यु भएको छ। स्थानीय समयअनुसार बिहान…

इरानसँगको युद्ध छ महिनासम्म लम्बिँदै जाँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले सुरुवातमा राखेका कडा लक्ष्यहरू क्रमशः सीमित हुँदै गएको संकेत…

प्रतिकृयाहरू
...