Sunday 25th October 2026

एफएनजे कुवेतको आयोजनामा एक दिने तालिम प्रशिक्षण सम्पन्


नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतको आयोजना र अल मुजैनी एक्सचेन्ज को मुख्य प्रायोजनमा वाक कला तथा कार्यक्रम आयोजना – व्यवस्थापन सम्बन्धि एक दिने तालिम सम्पन्न भएको हो ।


साल्मियामा रहेको चाउकिङ रेष्टुरेण्टको सभाहलमा शुक्रवार सम्पन्न भएको तालीममा महासंघका पदाधिकारी तथा सदस्यहरु सहित २० जना सहभागी भएका थिए । नेपाल लगाएत बिभिन्न देश मा कार्यक्रम गरेर अनुभव बटुलेका संचारकर्मी दिपेन्द्र निरौलाले प्रशिक्षण दिएका थिए ।समापन सत्रमा गैर आवासीय नेपाली सघ राष्ट्रिय समन्वय परिषद् कुवेतका अध्यक्ष रणध्वज लामा, अल मुजैनी एक्सचेन्ज कुवेतका म्यानेजर राम बस्नेत र द कुवेत टाईम्सका वरिष्ठ संवाददाता रिकी आरको विशेष उपस्थिति रहेको थियो । तालीममा सहभागी प्रशिक्षार्थीहरुलाई एनआरएनए एनसीसीका अध्यक्ष लामाले सहभागिताको प्रमाण पत्र वितरण गरेका थिए ।


सम्बन्धित शीर्षकहरु

आगामी बिहीबारदेखि देशभर मौसममा बदली भई तीनदेखि चार दिनसम्म वर्षा हुन सक्ने सम्भावना देखिएको छ। मौसमसम्बन्धी विश्लेषणअनुसार बंगालको खाडीबाट विकसित…

जर्मनीको बाभारिया राज्यस्थित ऐतिहासिक केल्स्टाइनहाउस (Eagle’s Nest) भवनमा शुक्रबार राति भीषण आगलागी भएको छ। दोस्रो विश्वयुद्धका समयमा नाजी नेता एडोल्फ…

नेपालीहरूको महान् चाड बडादसैँ आज कोजाग्रत पूर्णिमा पर्व मनाइँदै विधिवत् समापन गरिँदै छ। आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने यस पर्वमा…

प्रतिकृयाहरू
...