Sunday 16th August 2026

रक्तदान कार्यक्रम आयोजना गर्दै पत्रकार महासंघ कुवेत


नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले आगामी १३ डिसेम्बर २०२४ शुक्रबारका दिन रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ। ‘रक्तदान जीवनदान’ भन्ने मूल नारासहित कुवेतमा दोस्रो पटक आयोजना हुन लागेको यो कार्यक्रम कुवेतको सेन्ट्रल ब्लड बैंक जाब्रियामा दिउँसो १:०० बजेदेखि सञ्चालन हुने छ।

पत्रकार महासंघका अध्यक्ष एकराज मल्लका अनुसार यस कार्यक्रमलाई सफल बनाउन कुवेतमा रहेका सम्पूर्ण क्रियाशील संघसंस्था, समाजसेवी, बुद्धिजीवी लगायत सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरूलाई रक्तदान कार्यक्रममा सहभागी हुन हार्दिक अनुरोध गरिएको छ।

रक्तदान कार्यक्रमबारे थप जानकारीका लागि निम्न व्यक्तिहरूसँग सम्पर्क गर्न सकिनेछ!
एकराज मल्ल-: 60067572
नवराज पन्थी-:  66437286
चन्द्रबहादुर गौतम-:6779 9127
आकाश शेर्पा -:
जे.एन. थारु -:97321634


सम्बन्धित शीर्षकहरु

शनिबार इजरायलले दक्षिण लेबनानमा हिज्बुल्लाहका लक्ष्यहरूलाई निशाना बनाउँदै हवाई आक्रमण गरेको जनाएको छ। लेबनानी राष्ट्रिय समाचार एजेन्सीका अनुसार ती आक्रमणमा…

अमेरिकाले नेपालको केही पुरातात्त्विक तथा सांस्कृतिक (एथ्नोलोजिकल) सामग्रीको आयातमा प्रतिबन्ध लगाएको छ। यो प्रतिबन्ध अमेरिकी भन्सार तथा सीमा सुरक्षा निकाय…

युक्रेनले रूसको मस्को क्षेत्रलाई लक्षित गर्दै रातभरि व्यापक ड्रोन आक्रमण गरेको छ। मस्कोका मेयर सर्गेई सोब्यानिनका अनुसार साँझदेखि बिहान ६:३०…

प्रतिकृयाहरू
...