Sunday 25th October 2026

रक्तदान कार्यक्रम आयोजना गर्दै पत्रकार महासंघ कुवेत


नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले आगामी १३ डिसेम्बर २०२४ शुक्रबारका दिन रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ। ‘रक्तदान जीवनदान’ भन्ने मूल नारासहित कुवेतमा दोस्रो पटक आयोजना हुन लागेको यो कार्यक्रम कुवेतको सेन्ट्रल ब्लड बैंक जाब्रियामा दिउँसो १:०० बजेदेखि सञ्चालन हुने छ।

पत्रकार महासंघका अध्यक्ष एकराज मल्लका अनुसार यस कार्यक्रमलाई सफल बनाउन कुवेतमा रहेका सम्पूर्ण क्रियाशील संघसंस्था, समाजसेवी, बुद्धिजीवी लगायत सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरूलाई रक्तदान कार्यक्रममा सहभागी हुन हार्दिक अनुरोध गरिएको छ।

रक्तदान कार्यक्रमबारे थप जानकारीका लागि निम्न व्यक्तिहरूसँग सम्पर्क गर्न सकिनेछ!
एकराज मल्ल-: 60067572
नवराज पन्थी-:  66437286
चन्द्रबहादुर गौतम-:6779 9127
आकाश शेर्पा -:
जे.एन. थारु -:97321634


सम्बन्धित शीर्षकहरु

आगामी बिहीबारदेखि देशभर मौसममा बदली भई तीनदेखि चार दिनसम्म वर्षा हुन सक्ने सम्भावना देखिएको छ। मौसमसम्बन्धी विश्लेषणअनुसार बंगालको खाडीबाट विकसित…

जर्मनीको बाभारिया राज्यस्थित ऐतिहासिक केल्स्टाइनहाउस (Eagle’s Nest) भवनमा शुक्रबार राति भीषण आगलागी भएको छ। दोस्रो विश्वयुद्धका समयमा नाजी नेता एडोल्फ…

नेपालीहरूको महान् चाड बडादसैँ आज कोजाग्रत पूर्णिमा पर्व मनाइँदै विधिवत् समापन गरिँदै छ। आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने यस पर्वमा…

प्रतिकृयाहरू
...