Sunday 25th October 2026

दूतावासले नेपाली विद्यार्थीलाई भन्योः क्यानडामा रोजगारी र डेरा पाउन मुस्किल छ


क्यानडाको अटवास्थित नेपाली दूतावासले अध्ययनका लागि क्यानडा नआउन विद्यार्थीलाई आग्रह गरेको छ ।

रोजगारी र डेरा पाउन मुस्किल रहेको भन्दै अध्ययनका लागि जाने तयारीमा रहेका विद्यार्थीलाई दूतावासले सचेत गराएको हो ।

दूतावासले विज्ञपितमार्फत विद्यार्थीलाई ७ बुँदे सुझाव दिएको छ । विश्वभरबाट क्यानडा आउने विद्यार्थीको संख्या बढेकाले डेरा र रोजगारी पाउन कठिन रहेको विज्ञप्तिमा उल्लेख छ । दूतावासले डेरा र रोजगारीको ग्यारेण्टी गरेर मात्र क्यानडा आउन पनि सुझाएको छ ।

दूतावासले तीन महिनाअघि पनि यस्तै विज्ञप्ति जारी गर्दै क्याडना आउने बित्तिकै रोजगारी पाइने भ्रममा नपर्न भनेको थियो ।

दूतावासले कलेज रहेको सहर, खर्च लगायत विषयका पूर्वजानकारी लिन पनि सुझाव दिएको छ । केही कलेजले अतिरंजित प्रचार गर्ने गरेको र त्यसको विश्वास गर्दा विदेशी विद्यार्थी समस्यामा पर्ने गरेको विज्ञप्तिमा छ ।

क्यानडा जानुअघि त्यहाँस्थित आफन्त, साथीभाइ, पूर्वविद्यार्थीका सामाजिक सञ्जालका ग्रुप, सम्बन्धित सहरका एनआरएनएलगायत प्रवासी नेपालीका संघसंस्थाका साथ रोजगारीका सम्भावनाबारे समेत जानकारी लिन दूतावसाले सुझाव दिएको छ ।

विद्यार्थीलाई स्थानीय हावापानी, जीवनशैली, भान्साको कामको तौरतरिका सबै जानकारी लिएर आउन पनि भनिएको छ । अभिभावकलाई अध्ययन, आवास र खाने बस्ने खर्चको उचित प्रबन्ध मिलाएर मात्र विद्यार्थी पठाउन दूतावासको सुझाव छ ।


सम्बन्धित शीर्षकहरु

आगामी बिहीबारदेखि देशभर मौसममा बदली भई तीनदेखि चार दिनसम्म वर्षा हुन सक्ने सम्भावना देखिएको छ। मौसमसम्बन्धी विश्लेषणअनुसार बंगालको खाडीबाट विकसित…

जर्मनीको बाभारिया राज्यस्थित ऐतिहासिक केल्स्टाइनहाउस (Eagle’s Nest) भवनमा शुक्रबार राति भीषण आगलागी भएको छ। दोस्रो विश्वयुद्धका समयमा नाजी नेता एडोल्फ…

नेपालीहरूको महान् चाड बडादसैँ आज कोजाग्रत पूर्णिमा पर्व मनाइँदै विधिवत् समापन गरिँदै छ। आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने यस पर्वमा…

प्रतिकृयाहरू
...