Tuesday 14th January 2025

राष्ट्रपति पौडेलद्वारा ७६ को उपधारा २ बामोजिम सरकार गठनको आह्वान


राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनको आव्हान गरेका छन्। राष्ट्रपति पौडेलले संबिधानको धारा ७६ को उपधारा २ अनुसार नयाँ सरकार गठनको आव्हान गरेका हुन्।

धारा ७६ को उपधारा २ मा दुई वा दुई भन्दा बढी दलको सरकार गठन हुने प्रावधान संबिधानमा रहेको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार संसदमा विश्वासको मत हासिल गर्न नसकेपछि पदमुक्त भएका थिए।

राष्ट्रपति पौडेलले कानुनविदसँगको परामर्श पछि संबिधानको धारा ७६ को उपधारा २ अनुसार नै सरकार गठनको आव्हान गरेका छन्।

उपधारा २ मा भनिएको छ, ‘उपधारा (१) बमोजिम प्रतिनिधि सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नेछ।’

राष्ट्रपति पौडेलले आइतबार ५ बजेसम्मको समय दिएर सरकार गठनको दाबि पेश गर्न भनेका छन्।


सम्बन्धित शीर्षकहरु

इजरायलले सम्भावित बन्धक सम्झौताको भागको रूपमा दक्षिणी इजरायलको अक्टोबर 7 मा भएको नरसंहारमा भाग लिने नुख्बा सेनासँग सम्बन्धित कुनै पनि…

“हामी हाम्रा दृढ र धैर्यवान जनता र जेलमा रहेका हाम्रा वीर कैदीहरूसँग हाम्रो प्रतिज्ञा नवीकरण गर्छौं, र हामी पुष्टि गर्छौं…

संखुवासभा समाज कुवेतले जिल्लाका तीन विद्यालयहरूलाई शैक्षिक तथा खेलकुद सामग्री सहयोग गरेको छ। समाजका अध्यक्ष विजय लामाको नेतृत्वमा गरिएको यो…

प्रतिकृयाहरू
...