Monday 28th September 2026

नेपालमा यस वर्षको मनसुनजन्य विपद्को कारण अहिलेसम्म ६२ जनाको मृत्यु


अविरल वर्षाका कारण देशभर वर्षा र बाढीले जनजीवन प्रभावित बनाएको छ । गत दुई दिनमा मात्रै १४ जनाको मृत्यु भएको गृह मन्त्रालयले आइतवार बिहान सार्वजनिक गरेको विवरणमा जनाइएको छ । मनसुन शुरू भए यता चार सय भन्दा धेरै विपद्‍का घटना भएका छन् भने ६२ जनाको मृत्यु र ४ जना बेपत्ता भएका छन् ।

यतिखेर देशैभरि नदी तथा खोलाहरूमा पानीको सतह बढेर “उच्च जोखिम”को अवस्थामा पुगेको छ। बाढी र पहिरोका कारण देशभर २७ वटा सडक खण्ड अवरुद्ध बनेका छन् ।

यस वर्ष विपद्जन्य घटनाले अहिलेसमम ६१ जिल्लालाइ प्रभावित पारेको छ भने ८ करोड बन्दा बढिको क्षति भएको सरकारी विवरणमा जनाइएको छ ।

जल तथा मौसम विज्ञान विभागले गत सातादेखि जारी मनसुनी वर्षा अझै केही दिनसम्म कायम रहने तर सोमवारदेखि पानी पर्ने क्रम कम हुँदै जाने जनाएको छ भने विभागले नदी तटीय क्षेत्रहरूमा विशेष सतर्कता अपनाउन स्थानीयवासीहरूलाई आग्रह गरेको छ ।


सम्बन्धित शीर्षकहरु

लगातारको वर्षा, बाढी, पहिरो र सडक कटानका कारण देशका विभिन्न राजमार्ग तथा सडकखण्डमा यातायात प्रभावित भएको छ। सडक विभागका अनुसार…

लगातारको वर्षापछि सप्तकोसी नदीमा आएको बाढीका कारण सप्तरीका विभिन्न बस्ती डुबानमा परेका छन्। बाढीका कारण ५ सयभन्दा बढी परिवार विस्थापित…

देशभर केही दिनदेखि परेको भारी वर्षाका कारण आएको बाढी र पहिरोमा २१ जनाको ज्यान गएको छ। साथै ५ जना घाइते…

प्रतिकृयाहरू
...