Thursday 22nd October 2026

नेपालमा यस वर्षको मनसुनजन्य विपद्को कारण अहिलेसम्म ६२ जनाको मृत्यु


अविरल वर्षाका कारण देशभर वर्षा र बाढीले जनजीवन प्रभावित बनाएको छ । गत दुई दिनमा मात्रै १४ जनाको मृत्यु भएको गृह मन्त्रालयले आइतवार बिहान सार्वजनिक गरेको विवरणमा जनाइएको छ । मनसुन शुरू भए यता चार सय भन्दा धेरै विपद्‍का घटना भएका छन् भने ६२ जनाको मृत्यु र ४ जना बेपत्ता भएका छन् ।

यतिखेर देशैभरि नदी तथा खोलाहरूमा पानीको सतह बढेर “उच्च जोखिम”को अवस्थामा पुगेको छ। बाढी र पहिरोका कारण देशभर २७ वटा सडक खण्ड अवरुद्ध बनेका छन् ।

यस वर्ष विपद्जन्य घटनाले अहिलेसमम ६१ जिल्लालाइ प्रभावित पारेको छ भने ८ करोड बन्दा बढिको क्षति भएको सरकारी विवरणमा जनाइएको छ ।

जल तथा मौसम विज्ञान विभागले गत सातादेखि जारी मनसुनी वर्षा अझै केही दिनसम्म कायम रहने तर सोमवारदेखि पानी पर्ने क्रम कम हुँदै जाने जनाएको छ भने विभागले नदी तटीय क्षेत्रहरूमा विशेष सतर्कता अपनाउन स्थानीयवासीहरूलाई आग्रह गरेको छ ।


सम्बन्धित शीर्षकहरु

काठमाडौं, कात्तिक ५। टर्कीले साउदी अरब र पाकिस्तानसँग गरेको त्रिपक्षीय रक्षा सम्झौतालाई अनुमोदनका लागि संसद्मा पेस गरेको छ। सन् २०२६…

आईसीसी विश्वकप लिग–२ अन्तर्गत ओमानमा सम्पन्न एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली मंगलबार साँझ स्वदेश फर्किएको छ।…

दक्षिण अमेरिकी देश कोलम्बियाको दक्षिणपश्चिमी नारिनो प्रान्तमा अनुमति नलिई सञ्चालन गरिएको खुला सुनखानी भत्किँदा कम्तीमा १४ जना खानी मजदुरको मृत्यु…

प्रतिकृयाहरू
...