Friday 5th June 2026

केन्द्रीय उपाध्यक्ष पम्फा भुसाल भोली कुवेत आउने


तीतोपाटी – आगामी जुन ७ तारिक २०२४ शुक्रबारका दिन आयोजना हुने नेपाली जन-प्रगतिशील मञ्च कुवेतको पाँचाै राष्ट्रिय अधिवेशन प्रमुख अतिथिको रूपमा नेकपा माओवादी केन्द्रकी केन्द्रीय उपाध्यक्ष पम्फा भुसाल भोली कुवेत आइपुग्ने भएकी छन् । मञ्चकाे निमन्त्रणामा कुवेत आउन लागेकी पार्टी केन्द्रीय उपाध्यक्ष भुसाल फ्लाइ दुबइको उडानमार्फत भोली ५ जुन २०२४ बुधबार दिउँसो ३ः१५ बजे कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तालिका रहेको छ । उपाध्यक्ष भुसालका साथ पार्टी प्रवास विभाग एसिया कमिटी इन्चार्ज नबराज ओली पनि भोली नै कुवेत आइपुग्ने मञ्चले जनाएको छ ।

मञ्चका अध्यक्ष तथा पाँचाै राष्ट्रिय अधिवेशन आयोजक मुल समितिका संयोजक मन बहादुर भुजेल मगरले कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको बताउँदै मुलुकमा संघियता, धर्मनिरपेक्षता र लोकतान्त्रिक गणतन्त्र ल्याउन अहं भूमिका निर्वाह गरेका पुर्व लडाकुहरूलाइ पार्टी केन्द्रीय उपाध्यक्षको हातबाट सम्मान गर्ने कार्यक्रम समेत रहेको बताउँदै मुलुकमा रोजगारीको अबसर नहुँदा विदेशमा पस्न बाध्य भएका नेकपा माओवादी केन्द्रप्रति आस्थावान सम्पुर्ण कुवेतवासी युवावर्गलाइ उक्त अधिवेशन समारोहमा स्वस्फुर्तरूपमा उपस्थितिको लागि हार्दिक अनुरोध गरेका छन् ।

पाँचाै राष्ट्रिय अधिवेशनलाइ भव्य र सभ्य रूपमा सम्पन्न गर्न नेपाली राजदूतावास कुवेत, गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति कुवेत लगायत कुवेतमा कृयाशिल संघ संस्था, पत्रकार, समाजसेवी, वुद्धिजीवि, खेलाडी, कलाकार लगायत कुवेतमा कार्यरत सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूलाइ उपस्थितिको लागि हार्दिक निमन्त्रणा गरिसकिएको जनाउँदै कथम कदाचित निमन्त्रणा प्राप्त नभएको भएमा यसै समाचारलाइ निमन्त्रणा मानी कार्यक्रममा उपस्थित भइ कार्यक्रमलाइ भव्य र सभ्य रूपमा सफल बनाउन सबैलाइ निमन्त्रणा गरेका छन् ।

“संसारभरका मजदुरहरू एक हौं“ भन्ने नाराका साथ सन २०१० मा गठन भइ कृयाशिल रहेको मञ्चले प्रवासी श्रमिकहरूका हक, हित र अधिकारका विषयमा पैरवी गर्दै विभिन्न किसिमले अप्ठेरोमा परेका श्रमिकहरूको उद्दारका कार्यहरू गर्दै आएको छ भने केन्द्रको नीति निर्देशन तथा समन्वयमा प्रवासबाट केन्द्रमा सहयोग गर्दै आएको छ । मञ्चले प्रवासमा रहेर पार्टी केन्द्रको नीति निर्देशनलाई पालना गर्दै पार्टी प्रति आस्थावानहरुलाई गोलबद्ध गर्दै संगठन बिस्तार गर्ने, प्रवासी श्रमिकहरुका हक हितमा कार्य गर्दै कुवेतमा रहेका अन्य संघ सँस्थाहरुसँग हातेमालो गर्दै सहकार्य गर्दै र मातृभूमि नेपालमा घटेका बिभिन्न प्रकोपमा पार्टी केन्द्र मातहत रहेर राहत सहयोगका कार्यहरु गर्दै आएको छ ।

कार्यक्रम विवरण
कार्यक्रमः नेपाली जन-प्रगतिशील मञ्च कुवेतको पाँचाै राष्ट्रिय अधिवेशन ।
मितिः ७ जुन २०२४ शुक्रबार ।
स्थानः सेफ नाैसाद सिग्नेचर रेष्टुरेण्ट फरवानिया ।
समयः दिनको ठिक ११ बजे ।

नोटः अधिवेशन सम्बन्धि विस्तृत जानकारीको लागि तपसिल बमोजिमका पदाधिकारीहरूलाइ सम्पर्क गर्न सकिनेछ ।

मन बहादुर भुजेल मगर (अध्यक्ष) – 69333883
राजन श्रेष्ठ (वरिष्ठ उपाध्यक्ष) – 94740556
बुद्धि बहादुर गुरूङ (महासचिव) – 69034335


सम्बन्धित शीर्षकहरु

डेमोक्र्याटिक रिपब्लिक अफ कंगो (डीआरसी) को पूर्वी क्षेत्रमा विद्रोही समूह एडीएफले गरेको आक्रमणमा ३० भन्दा बढी मानिसको ज्यान गएको छ,…

सरकारले युरोपका देशहरूमा नेपाली श्रमिकलाई व्यवस्थित रूपमा पठाउने प्रक्रिया संस्थागत रूपमा खोल्ने तयारी गरेको छ, ताकि व्यक्तिगत रूपमा जाँदा हुने…

नेपाली महिला फुटबल टोली साफ च्याम्पियनसिपको सेमिफाइनलमै बंगलादेशसँग २–१ ले पराजित हुँदै बाहिरिएको छ, जसले उपाधिविहीन यात्रालाई निरन्तरता दिएको छ।…

प्रतिकृयाहरू
...