Sunday 25th October 2026

खोटाङ-कुवेत सम्पर्क मञ्चको छैठौं अधिवेशन मे २४ मा


खोटाङ-कुवेत सम्पर्क मञ्चल छैठौं अधिवेशन मे २४ मा हुने भएको छ । मञ्चले नेपालबाट गायक तथा संगीतकार अनिल कोयी राईलाइ कुवेत ल्याइ सांगीतिक माहोलका विच अधिवेशन गर्ने जनाएको छ ।

कुवेतको नेपाली समाजमा सन् २०११ मा ‘भाषा अनि संस्कृतिमा विविधता, विकाश निर्माणमा हाम्रो एकेबद्धता’ भन्ने मुल नाराका साथ स्थापना भएको मन्चले खैतानस्थित राजधानी होटलमा अतिथि कलाकारका साथमा छैठौं अधिवेशन गर्न लागिएको मन्चले जानकारी दिएको छ ।

उक्त दिन हुने कार्यक्रममा कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली संघ संस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडी साथै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई कार्यक्रममा सहभागी जनाई कार्यक्रमलाई सफल बनाउनको लागि आयोजकले अनुरोध गरेको छ।

कार्यक्रम : सांगीतिक तथा छैठौं अधिवेशन
मिति : २४ मे २०२४ शुक्रबार
समय: बिहानको ठिक १०:०० बजे
स्थान: खैतानको राजधानी होटल
आयोजक : खोटाङ-कुवेत सम्पर्क मञ्च


सम्बन्धित शीर्षकहरु

भारतको अरुणाचल प्रदेशमा प्रस्तावित विशाल जलविद्युत् आयोजना विरुद्धको आन्दोलन हिंसात्मक बनेपछि सुरक्षा अवस्था तनावपूर्ण भएको छ। चीनसँग सीमा जोडिएको हिमालय…

आगामी बिहीबारदेखि देशभर मौसममा बदली भई तीनदेखि चार दिनसम्म वर्षा हुन सक्ने सम्भावना देखिएको छ। मौसमसम्बन्धी विश्लेषणअनुसार बंगालको खाडीबाट विकसित…

जर्मनीको बाभारिया राज्यस्थित ऐतिहासिक केल्स्टाइनहाउस (Eagle’s Nest) भवनमा शुक्रबार राति भीषण आगलागी भएको छ। दोस्रो विश्वयुद्धका समयमा नाजी नेता एडोल्फ…

प्रतिकृयाहरू
...