Wednesday 24th April 2024

रावल र भूसालको अग्नि परिक्षा


तोयानाथ उपेक्षित, घनश्याम भूसाल यस पटकको अग्नि परिक्षामा पूर्ण रुपले फेल भएका छन भने रावल आंशिक रुपले । किनभने कठिनाईको सामना गर्न अझ पनि घनश्याम भूसालले आफूलाई समाल्नु पर्ने थियो तर आवेशमा उनले राजीनामा दिए । रावलले आफ्नो जिल्लामा कार्यकर्ता उफार्दैछन । यी दुवैको लागि प्रतिनिधी सभाको लागि उमेद्धारीको टिकट नै सवै कुरा हो भन्ने देखियो । सांसदको जागिर नपाए पनि संगठनको काम एउटा ईमान्दार पार्टीको कार्यकर्ताले गर्न पर्ने हुन्छ तर त्यस्तो देखिएन । अरुलाई त्याग र बलिदानीको शिक्षा पढाउनेहरुसँग न त त्याग नत बलिदान ।

प्रतिनिधीसभा को विघटन सहि थियो भन्ने स्वत प्रमाणीत भईसकेको छ । त्यो विघठनलाई बदर गराउने अदालत कहाँकहाँ चुकेको थियो भन्ने अझै पनि कसैले नबुझेको छर ? अझ भिम रावल र भूसाल लाई थाहा छैन ? परमादेशबाट सरकार परिर्वतन कति संबैधानिक थियो ? त्यस्तो आदेश गराउन देशी विदेशी शक्तिहरुले के कस्तो भूमिका खेले । परमादेशी सरकार बनेपछि महंगी कहाँ पुग्यो ? देशको अर्थतन्त्र कस्तो भयो ? विकाश निर्माण कसरी ठप्प भए र राष्ट्रघाती संझौता र विधेयकहरु कसरी एक पछि अर्को आए र पास भए ? यी यावत कुराहरु जुन परमादेशी खेमाबाट भयो सवै मा रावल र भूसालको समर्थन हो की विरोध । विरोध हो भने प्रतिनिधी सभा विघठन सहि हो की होईन ? परमादेशी सरकारका कृयाकलापको पनि विरोध र ओलीको तत्कालिन कदमको पनि विरोध हो भने उहाँहरुको समर्थन चाही के मा हो त ?

माधव नेपालसँग सति गएको भए पनि परमादेशी सरकारका तिनै राष्ट्रघाती एजेण्डा उहाँहरुले बोक्न पर्ने थियो । त्यहाँ जानु भएन, एमाले मा नै बस्नु भयो तर आफ्नै नेतृत्वलाई खुईल्याउन पछि पर्नु भएको थिएन । उहाँहरुको ज्यान एमाले मा भाषा प्रचण्ड र माधव नेपालको छदै थियो । यस्तो अवस्थामा उहाँहरु ओलीको नेतृत्वमा रहनका लागि या त उहाँको कदमको खुलेर समर्थन गर्न सक्नु पर्ने थियो नत्र कमसेकम चुप लागेर बसेको भए पनि हुन्थ्यो । आत्मा आलोचना गर्न त भनिएको रहेछ नी, त्यति गर्न पनि उहाँहरुले नचाहानुको मतलब के हो ? ओली पनि के कम आफ्ना विरोधीको संख्या बढाउन उहाँले जानिजानी तिनलाई किन सांसद बनाउने ? अदालतसम्म लाईन लागेर गएर आफ्नै सरकार गिराउदा समेत ओलीले धैर्यतापूर्वक उनीहरुलाई साथमा राखेकै हो । तर उनीहरुलाई कुनै पश्चताप छैन । एमाले भित्र बसेर अझै के के गरौला भन्ने थियो कोन्नी चकनाचुर भयो दिवा सपनाहरु ।

देशलाई नै थाहाँ छ उहाँहरु माधव नेपाल वा प्रचण्ड भन्दा कम दोषी होईनन । अब स्वतन्त्र उमेद्धार बनेर जितेर देखाए भैगोनी । एमाले को तागतमा नेता बनेकाहरु आफ्नै घरमा आगो लगाएर खरानी बटुल्न लाग्दा को परिणाम यस्तै हुन्छ । हो , उहाँहरुले एमाले बनाउन आफ्नो अहम भूमिका रहेको भन्लान तर त्यस तर्कको कुनै अर्थ छैन । जुन दिन एमाले ढाल्न उहाँहरु लाग्नु भयो त्यो दिनबाट उहाँहरु एउटा कुपात्र भईसक्नु भएको थियो । पार्टी ठुलो हो भन्ने सिद्धान्त उहाँहरुले कार्यकर्तालाई पढाउनु हुन्थ्यो तर उहाँहरुका लागि पार्टी किन ठुलो लागेन ? बर्तमान अध्यक्षलाई साधारण सदस्यबाट समेत फयालेर अर्को अध्यक्ष खोज्नेहरुले पुन उही अध्यक्षको नेतृत्वमा अहिले सम्म बसेको के का लागि ? जनाधार यहि छ यही रहे मात्र राजनितीक भविश्य छ भनेर होईन ? महाधिवेशनको म्याण्डेड लाई स्वीकार नगर्ने , महाधिवेशले पारित गरेको राजनैतिक प्रतिवेदन र कार्यनिती लाई पनि नमान्ने, अध्यक्ष लाई पनि नमान्ने हो भने उहाँहरुलाई एमाले पार्टीका लाखौ कार्यकर्ताले चाहि किन मानिरहनु पर्ने ? अझ भनौ आफैलाई राजनैतिक रुपले सखाप पार्छु भनेर लाग्नेहरुलाई ओलीले टिकट चाहि किन दिन पर्ने ? सँच्चा एमाले हुन भने टिकट पाए जित्छु नपाए जिताउछु भनेर नारा लगाउनु पर्ने होईन ?

अब १० भैयाहरुमा को कस्को के रोल हुन्छ हेर्न बाकी नै छ । टिकट पार्टी ले नदिएकोमा आफ्नो गल्तीबापतको नसियत सम्झेर एमाले लाई जिताउन भूमिका खेले त्यही अनुसार भविश्यमा माफीको लायक हुनेछन नत्र भने राजनितीबाट बर्हिगमन उनीहरुको गन्तव्य बन्नेछ । हो एमाले लाई अझै केही घाटा होला तर निती र नेताहरु राम्रो भए फेरी पार्टी उठछ मात्र समय केही थप लाग्ने हो ।


सम्बन्धित शीर्षकहरु

राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले आज दुईदिने नेपालको राजकीय भ्रमणका क्रममा काठमाडौँ आइपुगेका…

खोटाङ-कुवेत सम्पर्क मञ्चल छैठौं अधिवेशन मे २४ मा हुने भएको छ । मञ्चले नेपालबाट गायक तथा संगीतकार अनिल कोयी राईलाइ…

महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटेबाघको संख्या बढेको छ। दश वर्षअघि १३ वटा बाघ रहेकामा अहिले बढेरर ४४ पुगेको छ। निकुञ्जका…

प्रतिकृयाहरू
...