Thursday 28th March 2024

बालेन र हर्क बौलाउन हुदैन


तोयानाथ उपेक्षित, बालेन शाह र हर्क साम्पांग नेपालका आईडियल मेयर हुन पर्दछ । यदि यसो हुन सकेन भने राजनैतिक दलहरुको असफलतालाई थप बल पुग्दछ । अहिले आएर आँखा बन्द गरेर बालेन बालेन भन्नेहरु एक कदम पछि सर्न थालेका छन र हर्क हर्क भन्दै श्रमदान गर्न जानेहरुले पनि सोच्न थालेका छन । यसो हुनका पछाडी केही कारणहरु छन ।

हर्क साम्पांगले श्रमदानका नाममा सधै भरी जनतालाई दुःख दिन हुदैन । उहाँको साप्ताहिक श्रम दानको कामलाई अब बन्द गर्न पर्दछ । धरानमा पानीको कोकोहला सकिएको छ । यो उहाँको महान काम हो । अब साप्ताहिक श्रमदानका लागि भिर पहरामा जनतालाई बोलाई रहन जरुरी छैन । कम से कम महिनामा एक पटक बोलाउने हो भने जनता खुशी खुशी रमाईलो मानेर आउने छन् र गुणात्मक काम हुनेछ ।

हर्क साम्पांगले आफूलाई जसरी कुल्ली मेयर भन्नुहुन्छ त्यसरी नै कुरामा लगाम लगाउनु पर्दछ । साना कुरा गर्न पर्दछ । म सँग जति भिजन अरु सँग छैन भनेर बोल्नु राम्रो होईन । नत अरु मेयरको आलोचना गरेको शोभनिय हुन्छ । अहिले उहाँको बोली कै कारणले धेरै मानिसले उहाँको आलोचना गर्न थालेका छन । महान मानिसहरु काम गर्दछन कुरा होईन । हर्कले विरोध गर्नेहरु सिद्धिन्छन भन्नुहुन्छ तर त्यो निर्णय जनतालाई छाड्न पर्दछ आफैले घोषणा गर्दै हिड्ने होईन । यसलाई भेटे दिनभरी श्रम गर्न लगाउथे भन्ने जस्ता कुरा गरेर घोचपेचको शैली पनि त्याग्नु पर्दछ । विरोधीहरुलाई श्रम गर्न आउने वाताबरण बनाउने जिम्मा उहाँको नै हो । उहाँले सामाजिक सञ्जालमा वडाध्यक्ष र सदस्यहरुलाई तोकेर किन आएनन भन्दै पछि भविश्यमा पनि आउन नमिल्ने गरी नंग्याएर कुरा गर्न हुदैन । समाजिक काममा उहाँहरु आफैले बुझेर आए आउनुहुन्छ नआए आउनु हुन्न त्यो जनताले मुल्यांकन गर्ने कुरा हो । कस्ता कस्ता मानिसलाई धराने जनताले चुनेर पठाएछन भन्ने भाषा पनि शोभनिय होईन । मेयरका लागि सवै समर्थक मात्र जितेर आउन भन्ने लाग्दो हो तर विरोधी विना न विकाश गर्ने हुटहुटी जाग्छ न त गल्ती सच्याउने सुझाव पाईन्छ । यसर्थ विरोधी विना विकाश सम्भव हुदैन ।

बालेन शाहा शालिन छन । कम बोल्दछन तर उनले अहिले काठमाण्डौमा जे गरिरहेका छन त्यसले उनका कद घटाउदैछ । जसजसले अतिक्रमण गरेर टहरा वा पर्खाल बनाए तिनलाई बालेनले राम्रै सवक सिकाएका छन तर जो कानूनी रुपमा गलत छैन तिनको हकमा बालेनको एक्सन फरक हुन पर्ने थियो । उनैले चलाएको महानगरबाट प्राप्त आधिकारिताको जाँच गर्न छाडेर अगाडी जे पनि भयो त्यो सँग मलाई मतलब छैन भनियो भने भोलीको मेयरले पनि बालेनका निर्णय र कामलाई त्यसै गर्न खोजे के हुन्छ ? को भू माफिया हो को निर्दोष हो भनेर अध्यायन गर्न जरुरी हुन्छ की नाई ? तत्काल दुई चार सालको बिषयमा दोषी पत्ता लगाउन सजिलो होला तर पचास वर्ष पुराना कुराहरु हेर्ने सयन्त्र बनाउन पर्दैन र ? बालुवाटार प्रकरण जस्ता कुराको किनारा लगाउन राज्यलाई हम्मे हम्मे छ भने त्यो टुकुचा माथिको बस्तीमा अनुसन्धान हुन पर्दैन ? कयौले यसबीचमा बेचेका छन किनेका छन । राजस्व तिरेका छन, घरनक्सा पास गरेका छन । सरकारले दिएको लाल पुर्जा लिएका छन । उनीहरु कसरी दोषी हुन ? दोषी भए तत्कालिन सरकार दोषी होला, तत्कालिन नापी र माल दोषी होला, त्यसलाई उत्खनन नै गर्ने हो भने विना मुआवुजा भत्काई दिन्छु भन्ने कुरा त दादागिरीपन मात्र हो ।

सवै कुरालाई एउटै डालोमा हाल्नु र डोजर नै समाधान हो भनेर हिड्नु बालेनको अदुरदर्शिता हो । बैयाक्तिक सम्पतीको सुरक्षा गर्ने जिम्मा राज्यको हो र त्यो जिम्मा बालेनको पनि हो । जहाँसम्म दशै मनाउन देउ भनेर सार्है धेरै फुटपाथका व्यापारीहरु रोए कराए । घरधनीले अतिक्रमण गरेर बनाएका टहरा भाडामा लिएर व्यपार गर्ने व्यपारीले विन्ति विसाए तर उनले गोर्खापत्रको ३५ दिने सुचनालाई हतियारको रुपमा प्रयोग गरे । विवेक भन्ने कुरा कतै देखिएन । कानूनका आँखा त बन्द हुन्छन तर न्यायधिसका हुदैनन । अर्थात विवेक भन्ने चिजको पनि ठुलो अर्थ र महत्व हुन्छ । स्वविवेकिय अधिकार त्यसकारणले कानूनमा हाकिमहरुलाई दिएको हुन्छ । तजविजी अधिकार कानूनको आँखा नपुग्ला की भनेर नै दिईएको हो । बालेन त्यही कारणले अहिले कमजोर हुदै गएका छन ।

बालेन र हर्क कमजोर हुनु भनेको यी राजनैतिक दलहरुको अर्कमन्यताको विरुद्धमा विद्रोह गर्ने तमाम स्वतन्त्र उमेद्वारलाइ धक्का लाग्नु पनि हो । यिनै बालेन र हर्क देखाएर स्वतन्त्र उम्मेदवार मैदानमा बर्गेल्ती निस्किएका छन तर स्वतन्त्र उमेद्धारको लोकप्रियता र शाख गिराउने काम हर्क र बालेन बाट भैदियो भने यसले अन्तत्वगोत्वा सवै लाई असर गर्ने छ । अत हर्क र बालेनको बेसमा उठ्ने देशभरीका स्वतन्त्र उमेद्धारहरु ले पनि बालेन र हर्क लाई सम्भाउन जरुरी छ । हर्क र बालेन बौलाउन हुदैन ।


सम्बन्धित शीर्षकहरु

जापानमा कोलेस्ट्रोल कम गर्न प्रयोग गरिने ‘डाइटरी सप्लिमेन्ट’ (औषधीय आहार) का कारण दुई जनाको मृत्यु हुनुका साथै १०० जनाभन्दा बढी…

ग्लोबल आइएमई बैंक र विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बिच जोखिम व्यवस्थापन, जलवायु वित्त तथा लैङ्गिक वित्त…

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३…

प्रतिकृयाहरू
...