Sunday 1st February 2026

अछाममा भिषण वर्षापछि पहिरो जाँदा ९ जनाको मृत्यु


भिषण वर्षापछि अछामको कमल बजार नगरपालिका तथा ढकारी र तुर्माखाँद गाउँपालिकामा पहिरो जाँदा ९ जनाको मृत्यु भएको छ ।

अछामका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासिनीलाइ उधृत गर्दै प्रकाशित समाचार अनुसार कमलबजार नगरपालिका वडा नं ६ को ठाँटीकाँधमा गएको पहिरोमा परी ४ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको जानकारी आएको उनले बताए । त्यस्तै, कमलबजारकै वडा नं ८ मा चाउरे दमाइको घर पुरिँदा परिवारका ५ जनाको मृत्यु भएको जानकारी आएको पनि उनले बताए ।

त्यस्तै, ढकारी गाउँपालिकामा एक घर पुरिएर तीन घाइते भएको र एक जना पुरिएको र तुर्माखाद गाउँपालिकामा पनि ९ जना बेपत्ता भएको जानकारी आएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । अहिले पनि वर्षा निरन्तर भइरहेकाले उद्धारमा कठिन भइरहेको प्रजिअ मरासिनीलाइ उधृत गर्दै समाचार प्रकाशित भएका छन् ।

गृहमन्त्री बालकृष्ण खाणले प्रमुख जिल्ला अधिकारी विश्वराज मरासिनी र जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायण डाँगीलाई टेलिफोन गरेर घटनाबारे जानकारी लिदै बाढी र पहिरोमा परि घाइते भएको उद्धार, प्रभावितलाई सुरक्षित स्थानमा सार्न र औषधि उपचार तथा खाद्यान्नको व्यवस्था गर्न कुनै कसुर बाँकी नराख्न निर्देशन दिएका छन् ।


सम्बन्धित शीर्षकहरु

कुवेत सिटी, जनवरी ३० — जनशक्तिका लागि सार्वजनिक प्राधिकरण (PAM) ले आफ्नो घरेलु कामदार भर्ती विभागमार्फत कुवेती श्रम कानुन अन्तर्गत…

कुवेतस्थित नेपाली राजदूतावासले यहाँ कार्यरत नेपाली श्रमिकहरूलाई लक्षित गर्दै “श्रम सचेतना” सम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम कोस्टा डेल…

भेनेजुएलाले आफ्नो तेल क्षेत्रमाथिको दशकौँ पुरानो राज्य नियन्त्रण हटाउने विधेयक पारित गर्नु केवल नीतिगत सुधार मात्र होइन, यो देशको आर्थिक,…

प्रतिकृयाहरू
...