Thursday 10th September 2026

कुवेतमा रूकुमका प्रेम बहादुर खड्काको स्काफफोल्डिङबाट खसेर मृत्यु


वैदेशिक रोजगारीको शिलशिलामा ३ वर्षदेखि कुवेतमा रहेका रूकुमका प्रेम बहादुर खड्काको स्काफफोल्डिङबाट खसेर मृत्यु भएको छ । खड्काको गत अगष्ट १४ तारिक मृत्यु भएको हो ।

चौखाबाङ-४ रुकुमका जितबहादुर खड्काका छोरा १०५२१९२६ नं. राहदानी वाहक ३३ वर्षीय खड्काको १४ अगस्टका दिन बिहान करिव ६:३० बजे काम सुरु गर्ने क्रममा स्क्याफोल्डीङबाट खसेर घटनास्थमै मृत्यु भएको छ। मृतक अल सागर कम्पनिमा आज भन्दा तीन वर्ष पहिले आएको भए पनि पछिल्लो एक बर्ष देखि कम्पनिबाट भागेर अवैधानिक रुपमा कुवेतको मुत्लामा UECC कम्पनिमा काम गरिरहेका थिए।

उक्त घटनाको बारेमा नेपाली राजदूतावासलाइ जानकारी प्राप्त भएको तथा अहिले शव फरेन्सिक डिपार्टमा रहेको र शव नेपाल पठाउने प्रकृयामा रहेको दूतावास श्रोतले जानकारी दिएको छ ।

उनको नेपालमा दुई छोरी र एक छोरा रहेका छन् ।


सम्बन्धित शीर्षकहरु

यमनका हुथी विद्रोहीहरूले साउदी अरेबियाका केही तेल तथा सैन्य केन्द्रहरूमा क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेका छन्। हुथीहरूले यो आक्रमण साउदी…

अमेरिका र इरानबीचको सैन्य तनाव थप चर्किएको छ। अमेरिकी सेनाले मंगलबार इरानका पाँचवटा तेल ट्याङ्करमाथि आक्रमण गर्दा एउटा ट्याङ्कर डुबेको…

आत्महत्या भनेको जानाजानी आफ्नै जीवन अन्त्य गर्ने कार्य हो। सामान्यतया, जब कुनै व्यक्ति अत्यधिक भावनात्मक पीडा, निराशा वा आफूले सामना…

प्रतिकृयाहरू
...