Thursday 28th March 2024

बढ्दो बेरोजगारी र नेताको कठपुतली बनेर आफ्नो भविष्य दाउमा लगाउन युवाहरु बाध्य


बसन्त थापा, तितोपाटी- बेरोजगार युवा राजनीतिज्ञको हातको कठपुतली बनेर आफ्नो भविष्य दाउमा लगाउन बाध्य छन् । नेपालमा संघीय चुनाव नजिकीए संगै राजनीतिक दलहरूले निर्वाचनमा आफ्नो सीमा पार गर्न विभिन्न पदमा युवालाई उम्मेदवार बनाउने प्रक्रिया सुरु गरेका छन् । आपराधिकता बढ्दै गएको छ भने नेताहरुकै कारणले निस्पक्षय मानिसलाई बेरोजगारीले पिरोलेको छ। त्यही माथी पार्टीमा आवद्ध युवाहरूले राजनीतिज्ञको चाकरी गरेर रातारात धनी बन्न अनेकन जुक्ति अपनाइरहेका छन् ।

बढ्दो बेरोजगारीले शिक्षित युवालाई तनाव दीइरहेको छ । जनसङ्ख्याका हिसाबले सृजना गर्नुपर्ने रोजगारी सृजना हुन सकेको छैन । फलस्वरूप युवाहरु बेरोजगारीको जालमा फसेर लक्ष्यबाट विचलित हुँदै गएका छन् । युवाहरू देशको मेरुदण्ड जस्तै हुन्, जसले राष्ट्र र समाजको पुनर्निर्माणमा आफ्नो महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ । तर आजको शिक्षाले अहिले आफ्नो उद्देश्य पूरा गर्न नसक्दा युवा वर्ग मनभरी चोटै चोट संगालेर हिडेका छन। शिक्षाका दुईवटा आधारभूत उद्देश्य हुन्छन् जसमा एउटा शिक्षित भएर जीविकोपार्जनमा जोडिनु, अर्को राष्ट्र र समाजप्रतिको आफ्नो दायित्व पूरा गर्नु हो । युवाहरूले अब धेरै नैतिक शिक्षा प्राप्त गर्नु आवश्यक छ, जसले गर्दा उनीहरूको पूर्ण व्यक्तित्व विकास सम्भव हुनेछ। आजका युवाहरू किताबमा मात्र सीमित भएको देखिन्छ अन्य खेलकुद-सांस्कृतिक गतिविधिमा सहभागी भएता पनी सफलता हात पारेको देखीदैन।

डरलाग्दो बेरोजगारीका कारण शिक्षित बेरोजगार ढुंगा हान्न बाध्य मात्र नभएर लागुऔषधको लतमा फसेर आफ्नो भविष्यसँग खेलवाड गरिरहेका छन् । निर्वाचनको मौसममा हरेक राजनीतिक दलको घोषणापत्रमा बेरोजगारी उन्मूलनको एजेण्डा समावेश हुन्छ । कुनै पनि राजनीतिक दलले निर्वाचनपछि युवासँग गरेका वाचा पूरा गर्न सकेको छैन । युवालाई रोजगारीको अवसर सृजना गर्नुको सट्टा सरकारले केही रुपैयाँ भत्ता दिने नाममा उनीहरुको खिल्ली उडाउँदै आएको छ । भत्ताको नाममा हुने यो चन्दाले युवाको मनोबल गिराउन पनि सक्छ, त्यो पनि हेर्नुपर्छ । नेपालमा बेरोजगार युवाको संख्या लाखौ पुगेको छ । बेरोजगार युवालाई आत्मनिर्भर बनाउन सरकारले उचित पहल गर्नुपर्छ ।
चुनाव नजिकिदै गर्दा बेरोजगार युवा राजनीतिज्ञको हातको कठपुतली बनेर आफ्नो भविष्य दाउमा लगाउन बाध्य छन् ।
राजनीतिको आडमा अवैध कारोबार गरेर पार्टीका कार्यकर्ताले कानुनको खिल्ली उडाइरहेको प्रस्ट देख्न सकिन्छ । लाखौ बेरोजगार युवाहरु अहिले जीविकोपार्जनका लागि विदेश पलायन भइरहेका छन् । त्यस्ता बेरोजगारहरूको भाग्यमा, केही नक्कली एजेन्टहरूले यस्तो ठगीको खेल खेलेर आफ्नो ज्यान जोखिममा पारी रहेको छ। नक्कली ट्राभल एजेन्टहरूले बेरोजगार युवालाई विभिन्न किसिमको प्रलोभनमा पारी खाडी मुलुकमा धकेलेर लाखौं रुपैयाँ लुट्ने र चाँदीको चपेटामा पारी अलपत्र पार्ने काम गरेका छन । अहिले अधिकांश बेरोजगार युवा सूचनाको अभावमा यस किसिमको ठगीको सिकार बनेका छन् । प्रायः खाडी मुलुकमा कम्पनीको अधिनायकवादी नीतिका कारण लाखौ युवा फसेका छन् । नेपालमा बढ्दो बेरोजगारी, आर्थिक मन्दीका कारण नेपालीहरु मानसिक तनावमा बाँच्न बाध्य छन् । नेपाल एक कृषि प्रधान देश हो जसको अधिकांश जनसंख्या गाउँमा बसोबास गर्दछ। कुनै समय थियो जब मानिसहरूले कृषिलाई आफ्नो जीविकोपार्जनको माध्यम ठान्थे।तर अहिले परिस्थिति फेरिएको छ । बेरोजगारीबाट दिक्क भएका मानिसहरु आफ्नो जग्गा बेचेर भएपनी आफ्नो खर्च पूर्ति गर्न थालेका छन् । यो सब बेरोजगारीयुवाहरुलाई रोजगारी दिन सरकार सफल हुन नसक्दाको परिणाम हो।

अझ कोरोनाको समयमा बेरोजगारीले डरलाग्दो रुप लिएको संगै व्यापार व्यवसायमा संलग्न व्यक्तिको अवस्था पनि सुखद देखिँदैन । यस्तो अवस्थामा बैंकबाट ऋण लिएर व्यवसाय सुरु गर्नेहरु आर्थिक गरिबीको चरणबाट गुज्रिरहेका छन् । बढ़दो बेरोजगारी लगायत विभिध कारणले पछिल्लो केही वर्षमा देशका सातै प्रदेशमा सयौ जनाले आत्महत्या गरेको सुन्दा पनि दुःख लाग्छ । अब सरकारले बेरोजगारी उन्मूलनमा ध्यान दिनुपर्छ।


सम्बन्धित शीर्षकहरु

जापानमा कोलेस्ट्रोल कम गर्न प्रयोग गरिने ‘डाइटरी सप्लिमेन्ट’ (औषधीय आहार) का कारण दुई जनाको मृत्यु हुनुका साथै १०० जनाभन्दा बढी…

ग्लोबल आइएमई बैंक र विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बिच जोखिम व्यवस्थापन, जलवायु वित्त तथा लैङ्गिक वित्त…

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३…

प्रतिकृयाहरू
...