Wednesday 11th March 2026

अस्ट्रेलियाको तारे होटलमा नेपाली हेड सेफ


आर.बि.बुढाथोकी-पछिल्लो समय नेपालबाट अस्ट्रेलिया जानेको ल​र्को लागेको छ । दिनहु सयौको सन्ख्यामा नेपालीहरु अस्ट्रेलिया छिरिरहेका छन। धेरै जसो नेपालीहरु अध्ययन भिसामा नै अस्ट्रेलिया जान्छन। वर्क भिजामा छिर्ने अस्ट्रेलिया निकै गार्हो छ। जसका कारण अधिकाम्स नेपाली बिध्यार्थी भिसा मै अप्लाइ गरेर छिरेका छन। केहि नेपालीले भने डाइरेक्ट वर्क भिसामा पनि अस्ट्रेलिया जाने अबसर पाएका छन।

यिनै वर्क भिजा पाउने मध्ये सेफ राम शरण डन्ङोल पनि हुन। मद्यपुर्बका दर्जन देशहरुमा एक जिम्मेवार पदमा रगेर काम गरिसकेका डङ्गोलले सन २०१५ मा अस्ट्रेलियाको लागि वर्क भिसामा अप्लाइ गरेका थिए। रेड अर्थ इसा होटलमा सुसेफको रुपमा वर्क भिसा पाएका उनले आफुले पाएको पदको जिम्मेवारी पुर्बक सम्हालेर देखाए ।

उनको काम प्रतिको समर्पण र इमान्दारीका कारण सन २०२१मा माइनर होटल्स ग्रुपको ओएक्स सनसाइन्स कोएस्ट ओसिस रिसिर्ट कोलौन्ड्रा अस्टेलियामा एक्जुकेटिभ सेफ( मुख्य हेड सेफ)को रुपमा काम गर्ने अबसर प्राप्त भयो। जुन किचनको उपल्लो दर्जा जो कोहि सेफहरुको सपना हुन्छ ।
बिगत एक बर्ष यता उनले यो होटलको किचन कमान्डको रुपमा आफ्नो दक्षता प्रदशन गरि अस्टेलियन तथा बिस्वका दर्जन भन्दा धेरै कामदारलाइ आफ्नो कमान्डिन्ङमा काम लगाइ रहेका छन। बिदेशको भुमिमा एक नेपालीले यो सम्मको पद पाएर होटलको किचन सम्हाल्नु एक गर्बको बिषय हो । जुन उनले गर्न सक्षम पनि थिए र गरिरहेका छन।

सेफ रामशरण डङ्गोलको कुकिङ्ग यात्रा

प्रोफेसनल रुपम सेफ रामशरण डङ्गोलको कुकिङ यात्रा सन २००४ मा किचन हेल्परको रुपमा कुबेतको बुर्ज अल हमामा फाइन डानिङ लेबनिस रेस्टुरेन्टबाट भएको हो । हुन त उनले बिदेश यात्रा शुरु गर्नु अगाडि नेपालमा पनि धेरै होटल र रेस्टुरेन्टमा काम गरिसकेका थिए । फ्री भिजामा कुबेत गए लगतै उनले सन २००४ देखि सन २००६ सम्म मात्र त्यहा काम गरे । सन २००७मा ह्ययात ह्स्पिटल हवाली कुबेतमा कमी सेफको रुपमा जम्प गरेर काम गर्ने मौका पाए। त्यहा एक साल काम गर्न साथ ओमानको पाच तारे होटल क्राउन प्लाजामा डेमी सेफको रुपमा काम गर्ने मौका पाए। एक साल पुरा हुना साथ दुबइको प्रसिद्द होटेल फेरमाउन्टमा सेफ डि पार्टिको रुपमा अबसर पाए पछी उनी उता दौडिए । सन २०१० देखी सन २०११ सम्म त्याहा काम गर्दा पनि उनले धेरै वाह वाह पाएर धेरै रिवार्ड जितेका छन । उनको कामको दक्षता हेरेर होटलले उनलाई एक सालमै सिनियर सेफ डि पार्टीमा प्रमोसन गर्यो र फेरी उनले सोही होटलमा थप एक साल काम गरे ।
सन २०१२ देखि सन २०१४ सम्म हिल्टन होटल दुबइमा जुनियर सुसेफको रुपमा काम गर्ने मौका पाए । सन २०१४ देखी सन २०१५ सम्म पुन उनले कुबेतको क्राउन प्लाजालाई रोजे र सुसेफको नियुक्क्ति लिए । कुबेतको क्राउन प्लाजा होटलमा काम गर्दा गर्दै उनले अस्ट्रेलिया अप्लाई गरे र सफल पनि भए । जुन धेरै कम नेपालीले यस्तो अबसर पाउछन । डाइरेक्ट सुसेफमा अस्ट्रेलियाको भिसा पाउन साथ उनले सम्पूर्ण प्रकृया पुर्याएर हानिए । आइए सम्मको अध्ययन सिद्द्याएर बिदेश हानिएका डङ्गोल काम गर्दा गर्दै क्यालिफोरनिया युनिभरसिटी अमेरिकाबाट अनलाइन परीक्षा दिएर हस्पिटालिटी म्यानेजमेन्टमा ब्याचुलर डिग्री सन २०१४मा पुरा गरे । जुन उनको कार्य दक्षता र उपल्लो दर्जामा पुग्न सहयोगी सिद्द सबित भयो ।

अस्ट्रेलियाको उनको आफ्नै ब्यक्तिगत घरमा दर्जनौ प्रमाण पत्र र मेडलले अहिले सजिसजाउ देखिन्छ । निकै सकारात्मक सोचका धनी सेफ डङ्गोल सबैका प्रिय पात्र पनि हुन । सधैं हसिलो अनुहार रहने उनको सहयोगी भाबनाले गर्दा अस्ट्रेलियामा पुग्ने जो कोही नेपालीले चिन्ने गर्छन । काम नपाएकालाई काम लगाइ दिने दु:ख पाएकालाई सकेको सहयोग गर्ने उनको पहिला देखि कै बानी हो । अस्ट्रेलियामा नयाँ पुगेका दर्जनौ नेपालीलाई काम खोज्नमा उनले सहयोग गरेर गुण लगाएका छन ।

पिता शन्त बहादुर डङ्गोल र माता तुलसी माया डङ्गोलको कोखबाट सन १९८० डिसेम्बर १ तारिखमा शिबपुरु-४ नुवाकोटमा जन्मिएका सेफ राम शरण डङ्गोल एक मिलनसार र सबैका प्रेरणाक स्रोत ब्यक्तित्व हुन । जिबन संग्गिनी जानकी डङ्गोल र छोरा राजन डङ्गोलका साथमा उनी सपरिवार अस्ट्रेलिया आफ्नै बलबुतामा बनाएको घरमा स्थायी रुपमा बसोबास गर्छन् ।

 


सम्बन्धित शीर्षकहरु

भारतको सर्वोच्च अदालतले पहिलोपटक इच्छा मृत्युको अनुमति दिने ऐतिहासिक फैसला सुनाएको छ । अदालतले गाजियाबाद घर भइ १३ वर्षदेखि अचेत…

सम्पादकीय तितोपाटी डटकम आजको नेपाली राजनीतिमा नागरिकहरू केवल दर्शक मात्र होइनन्, प्रश्न गर्ने सचेत शक्ति बनेका छन्। विशेषगरी पछिल्ला वर्षहरूमा…

-ईश्वर भण्डारी नेपालमा भर्खर सम्पन्न चुनावले एउटा स्पष्ट जनादेश दिएको छ। जनताले अब पुराना राजनीतिक दलहरूको राजनीति होइन, सुशासन, पारदर्शिता…

प्रतिकृयाहरू
...