Tuesday 21st March 2023

बुलन्द आवाजले नेपालमा भेटायो कुवेतका ’असल यात्री’लाई


तीतोपाटी – आफ्नो परिवारको रोजीरोटीको लागि विदेश पलायन भएर कुवेतमा दशकौंदेखि श्रम गरिरहेका माधव पौडेल असल यात्री आफू स्वयं श्रमिक भएर पनि आफ्नो जन्मथलोमा धेरैलाइ सामाजिक र मानविय सहयोग गरेको विषय न्यूज२४ नेपालको बुलन्द आवाज कार्यक्रम मार्फत सार्वजनिक भएको छ । बुलन्द आवाज कार्यक्रमका प्रस्तोता राजन नेपालले सामान्य यात्रा तय गर्दै गरेका असल यात्रीको असामान्य कथा शीर्षकमा एउटा भिडियो कथा नै तयार पारेर न्यूज२४ नेपालको युटुब मार्फत सार्वजनिक गरेका छन् ।

न्यून ज्यालामा वैदेशिक रोजगारी गरेर पनि यति धेरै सामाजिक सेवाका कार्य गरेका उनी सफलताको शिखर चुम्दै हाल गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति कुवेत बाट आइसीसी सदस्य निर्वाचित भएका छन् भने कुवेतमा रहेर विभिन्न संघसंस्थाको समेत नेतृत्व गरिसकेका छन् । असल यात्रीले कुवेतमा रहेर पनि आफ्नो जन्मथलोमा रहेका विद्यालय देखि असक्त, गरीबगुरूवाहरूलाइ गरेको सहयोगले उनको उचाय अझ बढेको छ भने केही गरौं भन्ने मानिसलाइ धन होइन मन ठुलो बनाएर कर्म गर्ने चाहे असम्भव भन्ने केही छैन भन्ने प्रमाणित गरिदिएको छ ।
अन्य जानकारीको लागि तलको भिडियो हेर्नुहोला ।

 


सम्बन्धित शीर्षकहरु

नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष यादवले राष्ट्रपति भवन शीतल निवासमा…

दक्षिण अमेरिकी मुलुक इक्वेडरमा ६ दशमलव ७ म्याग्निच्युडको भूकम्प गएको छ । शनिबार दिउँसो दक्षिणी इक्वेडरमा गएको ६.८ म्याग्निच्युडको भूकम्पमा…

उपराष्ट्रपतिमा जसपाका रामसहाय यादव निर्वाचित भएका छन् । निर्वाचित यादवले पाँच सय १३ मत ल्याउँदा एमालेकी अष्टलक्ष्मी शाक्यले दुई सय…

प्रतिकृयाहरू
...