Tuesday 27th October 2026

सरकारले एमसीसी जबर्जस्ती अगाडि बढाएकोमा, माओबादी केन्द्रको गम्भीर आपत्ति (बिज्ञप्ति सहित)


सरकारले एमसीसी सम्झौता संसदबाट पारित गराउन टेबल गराएकोमा  जबर्जस्ती अगाडि बढाउन खोजेको नेकपा माओवादी केन्द्रले आरोप लगाएको छ । गठबन्धनको बैठकमा संसदमा एमसीसी अनुमोदन नगर्न स्पष्ट रुपमा भनेको र कार्यव्यवस्था परामर्श समितिमा पनि लिखित असहमति जनाएको भएपनि सरकारले जबर्जस्ती गरेकाे आरोप  लगाएकोछ ।

विवाद र विरोधकाबीच एमसीसी संसदमा पेस भएको घटनाप्रति आफ्नो पार्टीको गम्भीर ध्यानाकर्षण भएको पनि माओवादीले जनाएको छ । देशको स्वाधिनता र राष्ट्रियतामा नै प्रश्न उठ्न सक्ने विषयमा दलहरुबीच राष्ट्रि सहमति नगरी एमसीसी संसदमा पेश भएको घटनाप्रति माओवादीले आपत्ति जनाएको हो ।

माओवादी प्रवक्ता कृष्णबहादुर महराले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘देशको स्वाधिनता र राष्ट्रियतामा नै प्रश्न उठ्न सक्ने विष्यामा दलहरुबीच राष्ट्रिय सहमति नगरिकन र सत्तारुढ दलभित्रै एकरुपता नहुँदा नहुँदै जबर्जस्ती प्रतिनिधिसभामा पेस भएको घटनाप्रति हाम्रो  गम्भीर आपत्ति रहेको  छ ।

हेर्नुहोस् माओवादी प्रवक्ता कृष्णबहादुर महराले जारी गरेको विज्ञप्ती जस्ताको तस्तै:-

 


सम्बन्धित शीर्षकहरु

यस वर्षको दसैं अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४ जनाको ज्यान गएको छ भने झन्डै तीन हजार जना घाइते…

कुवेतको आतंकवाद तथा राज्य सुरक्षासम्बन्धी आपराधिक अदालतले इरान र हिजबुल्लाहसँग मिलेर वरिष्ठ सरकारी अधिकारीहरूको हत्या गर्ने षड्यन्त्र रचेको आरोपमा तीन…

नेपाल सरकारले मलेसियासँगको श्रम सहकार्यलाई थप प्रभावकारी, पारदर्शी र श्रमिकमैत्री बनाउन कूटनीतिक पहल अघि बढाएको छ। परराष्ट्र मन्त्रालयमार्फत युवा, श्रम…

प्रतिकृयाहरू
...