Saturday 3rd October 2026

सरकारले एमसीसी जबर्जस्ती अगाडि बढाएकोमा, माओबादी केन्द्रको गम्भीर आपत्ति (बिज्ञप्ति सहित)


सरकारले एमसीसी सम्झौता संसदबाट पारित गराउन टेबल गराएकोमा  जबर्जस्ती अगाडि बढाउन खोजेको नेकपा माओवादी केन्द्रले आरोप लगाएको छ । गठबन्धनको बैठकमा संसदमा एमसीसी अनुमोदन नगर्न स्पष्ट रुपमा भनेको र कार्यव्यवस्था परामर्श समितिमा पनि लिखित असहमति जनाएको भएपनि सरकारले जबर्जस्ती गरेकाे आरोप  लगाएकोछ ।

विवाद र विरोधकाबीच एमसीसी संसदमा पेस भएको घटनाप्रति आफ्नो पार्टीको गम्भीर ध्यानाकर्षण भएको पनि माओवादीले जनाएको छ । देशको स्वाधिनता र राष्ट्रियतामा नै प्रश्न उठ्न सक्ने विषयमा दलहरुबीच राष्ट्रि सहमति नगरी एमसीसी संसदमा पेश भएको घटनाप्रति माओवादीले आपत्ति जनाएको हो ।

माओवादी प्रवक्ता कृष्णबहादुर महराले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘देशको स्वाधिनता र राष्ट्रियतामा नै प्रश्न उठ्न सक्ने विष्यामा दलहरुबीच राष्ट्रिय सहमति नगरिकन र सत्तारुढ दलभित्रै एकरुपता नहुँदा नहुँदै जबर्जस्ती प्रतिनिधिसभामा पेस भएको घटनाप्रति हाम्रो  गम्भीर आपत्ति रहेको  छ ।

हेर्नुहोस् माओवादी प्रवक्ता कृष्णबहादुर महराले जारी गरेको विज्ञप्ती जस्ताको तस्तै:-

 


सम्बन्धित शीर्षकहरु

दुबईबाट इजरायलको तेल अभिभ जाँदै गरेको फ्लाइदुबईको उडानमा सहचालकले विमानको नियन्त्रण लिन खोजेको आरोप लागेको छ। संयुक्त अरब इमिरेट्स (यूएई)…

अमेरिकाले ताइवानलाई दुई वटा एफ–१६भी ब्लक ७० लडाकु विमान हस्तान्तरण गरेको छ। यी विमानहरू ताइवानको रक्षा क्षमता बढाउन र चीनबाट…

भारतको राजधानी नयाँ दिल्लीमा निर्वाचन आयोग प्रमुख ज्ञानेश कुमारको राजीनामा माग्दै विरोध प्रदर्शन भएको छ। प्रदर्शनकारीहरूलाई रोक्न सरकारले कडा सुरक्षा…

प्रतिकृयाहरू
...