Saturday 3rd October 2026

एमसीसी:- चिन भन्छ-‘जबरदस्ती कूटनीति’, अमेरिका भन्छ-हिँसा स्वीकार्य हुदैन


छिमेकी मुलुक चीनले नेपालमा एमसीसी सम्झौता पारित गर्न अमेरिकाले ‘जबरदस्ती कूटनीति’ गरेको भन्दै विरोध जनाएको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनविनले अमेरिकाले नेपाललाई मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) लाई फेब्रुअरी २८ सम्ममा अनुमोदन गर्न आग्रह गरेको समाचारमा टिप्पणी गर्दै चीनले जबरदस्ती कूटनीतिक विरोध गरेको बताएका छन्।

शुक्रबार चीनको परराष्ट्र मन्त्रालयले बेइजिङमा पत्रकार सम्मेलनमा प्रवक्ता वेनविनले अमेरिकाले नेपालसँगको सहकार्यको नाममा कुटनीतिक दबाब सुरु गरेको भन्दै  एमसीसीमार्फत अमेरिकाले कुटनीतिक दबाब दिइरहेको आरोप लगाउँदै आफूले प्रतिरोध गर्ने बताएको चिनियाँ सञ्चारमाध्यम ग्लोबल टाइम्सले जनाएको छ। नेपालले आफ्नो विकासको स्वतन्त्र बाटो रोज्न सक्ने र साझेदार चयन गर्नसक्ने पनि प्रवक्ता वेनविनले बताएको उक्त खबरमा उल्लेख छ।

उता अमेरिकाले एमसीसीलाई लिएर हिंसा भड्काउने विचार स्वीकार्य नहुने बताएको छ । काठमाडौंस्थित अमेरिकी दूतावासको आधिकारिक फेसबुक पेजमार्फत शुक्रबार अपरान्ह आफ्नो धारणा सार्वजनिक गर्दै अमेरिकाले एमसीसीका विषयलाई लिएर हिंसा वा हिंसा भड्काउने किसिमका विचारहरू स्वीकार्य नहुने बताएको हो । एमसीसीलाई लिएर नेपालभर सडक प्रदर्शन भइरहेका बेला अमेरिकाले सो धारणा सार्वजनिक गरेको हो । अमेरिका वाक स्वतन्त्रता र तथ्यमा आधारिक खुला बहसको समर्थक रहेको र एमसीसीको विषयमा पनि सोही धारणा रहेको भन्दै उसले हिंसा भड्काउने विचार स्वीकार्य नरहेको बताएको हो ।


सम्बन्धित शीर्षकहरु

दुबईबाट इजरायलको तेल अभिभ जाँदै गरेको फ्लाइदुबईको उडानमा सहचालकले विमानको नियन्त्रण लिन खोजेको आरोप लागेको छ। संयुक्त अरब इमिरेट्स (यूएई)…

अमेरिकाले ताइवानलाई दुई वटा एफ–१६भी ब्लक ७० लडाकु विमान हस्तान्तरण गरेको छ। यी विमानहरू ताइवानको रक्षा क्षमता बढाउन र चीनबाट…

भारतको राजधानी नयाँ दिल्लीमा निर्वाचन आयोग प्रमुख ज्ञानेश कुमारको राजीनामा माग्दै विरोध प्रदर्शन भएको छ। प्रदर्शनकारीहरूलाई रोक्न सरकारले कडा सुरक्षा…

प्रतिकृयाहरू
...