Saturday 3rd October 2026

सत्तागठबन्धनको बैठक:-एमसीसी बारेमा कुनै निर्णय भएन


एमसीसीको बिषयलाई  निष्कर्षमा पुर्याउन बसेको सत्तागठबन्धनको बैठक विना निष्कर्ष सम्पन्न भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक निष्कर्षबिहीन भएको हो । मुलुककमा विकसित राजनीतिक घटनाक्रमका विषयमा गम्भीरतापूर्वक छलफल भएपनि  सहमति अझै जुट्न सकेन तर  एमसीसीलाई कसरी निष्कर्षमा पुर्याउने भन्नेबारे गम्भीरतापूर्वक छलफल भएको सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले बैठकपछि जानकारी दिएका छन  ।

पुन भोलि १० बजे  बैठक बसेर सहमति जुटाउन प्रयास गरिने   मंत्री कार्कीले  बताउदै  सत्ता गठबन्धनका ५ दलमध्ये ४ दल सरकारमा रहेको उल्लेख गर्दै गठबन्धन भित्र फरक फरक विचार भएकाले एमसीसीको विषयमा सहमति जुटाउन प्रयासरत रहेको पनि बताए ।  सरकार सार्वभौम संसदबाट एमसीसी पारित गर्न लागिपर्ने र त्यसतर्फ छलफल केन्द्रीत रहेको पनि  उनले बताए । पाँच दलीय गठबन्धनमा नेपाली कांग्रेस, माओबादी केन्द्र, एकीकृत समाजबादी र जसपा सरकारमा सामेल छ भने रास्ट्रीय जनमोर्चाले सरकारमा सामेल छैन ।सत्ता गठबन्धनका कांग्रेस खुलेर एमसीसीको पक्षमा देखिएपनि अन्य दल माओबादी केन्द्र, समाजबादी र रास्ट्रीय जनमोर्चा खुलेर बिरोधमा छन् भने जसपाका नेता  बाबुराम भट्टराई पक्षिय खुलेर समर्थन गरे पनि उपेन्द्र यादव पक्ष मौन रहेका छन भने उता प्रमुख प्रतिपक्ष् एमाले पर्ख र हेरको अवस्थमा रहेको  देखिन्छ ।

 


सम्बन्धित शीर्षकहरु

दुबईबाट इजरायलको तेल अभिभ जाँदै गरेको फ्लाइदुबईको उडानमा सहचालकले विमानको नियन्त्रण लिन खोजेको आरोप लागेको छ। संयुक्त अरब इमिरेट्स (यूएई)…

अमेरिकाले ताइवानलाई दुई वटा एफ–१६भी ब्लक ७० लडाकु विमान हस्तान्तरण गरेको छ। यी विमानहरू ताइवानको रक्षा क्षमता बढाउन र चीनबाट…

भारतको राजधानी नयाँ दिल्लीमा निर्वाचन आयोग प्रमुख ज्ञानेश कुमारको राजीनामा माग्दै विरोध प्रदर्शन भएको छ। प्रदर्शनकारीहरूलाई रोक्न सरकारले कडा सुरक्षा…

प्रतिकृयाहरू
...