Tuesday 16th December 2025

१७ वर्ष अघि ज्यान मारेर फरार गोविन्द साउदीबाट पक्राउ


तीतोपाटी, काठमाडौं – १७ वर्ष अघि ज्यान मारेर फरार भएका उदयपुरका गोबिन्द मगरलाइ साउदी अरेबियाबाट पक्राउ गरिएको हो । इन्टरपोलबाट रेड कर्नर नोटिस जारी गरि खोजी गरिएका ४० वर्षीय मगरलाई साउदी अरेबियाबाट बुधबार नेपाल ल्याइएको छ ।

मगरलाइ २०६१ मंसिर १३ गते मान बहादुर तामाङलाई कर्तव्य गरी ज्यान मारेको मुद्दामा खोजी गरिएको थियो । जिल्ला अदालत उदयपुरबाट पक्राउ अनुमति लिइ ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाको अनुरोधमा प्रहरी प्रधान कार्यालय ईन्टरपोल शाखा मार्फत अन्तर्राष्ट्रियस्तरमा खोजतलास एवं पक्राउको लागि २०७७ माघ २६ गते मगर उपर रेड नोटिस जारी गरिएको थियो ।

मगरलाई आवश्यक कानुनी कारबाहीका लागि ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिला उदयपुरलाई बुझाइएको ईन्टरपोल शाखाले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

तीतोपाटी – तनहुँ सेवा समाज कुवेतले तनहुँका मृगौला पीडितलाइ १ लाख बढीको आर्थिक सहयोग गरेको छ । समाजले तनहुँ जिल्ला…

कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन सन् २०२६ फेब्रुअरी १३ तारिखका दिन खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय…

गैरआवासीय नेपाली संघ (एनआरएनए)को १२ औं अन्तरराष्ट्रिय महाधिवेशनको मिति तय गरिएको छ । एनआरएनएको बृहत् एकता पश्चात् गठित स्टेरिङ कमिटीले…

प्रतिकृयाहरू
...