Sunday 4th October 2026

काँग्रेस सभापति पदमा शेरबहादुर देउवा निर्वाचित


तितोपाटी- नेपाली काँग्रेसको सभापति पदमा शेरबहादुर देउवा निर्वाचित हुनुभएको छ । मङ्सिर २४ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा जारी १४ औँ महाधिवेशनबाट सभापति पदमा प्रधानमन्त्री समेत रहनुभएको देउवा निर्वाचित हुनुभएको हो ।

सभाापति पदका लागि दोस्रो चरणममा भएको मतदानमा देउवाले २७ सय ३३ मत ल्याएर विजयी हुनुभएको छ । त्यस्तै उहाँको प्रतिस्पर्धी डा. शेखर कोइरालाले१८ सय ५५ मत प्राप्त गर्नुभएको छ । यसैगरी ३३ मत बदर भएको छ । यद्यपी, औपचारिक घोषणा हुन भने बाँकी छ ।
पहिलो चरणमा कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणको मतदानमा गएको हो । दोस्रो चरणको मतदानमा चार हजार ५६३ मत खसेको थियो । सभापतिका लागि तीन वटा मतपेटीकामा मत खसालिएको थियो ।


सम्बन्धित शीर्षकहरु

दुबईबाट इजरायलको तेल अभिभ जाँदै गरेको फ्लाइदुबईको उडानमा सहचालकले विमानको नियन्त्रण लिन खोजेको आरोप लागेको छ। संयुक्त अरब इमिरेट्स (यूएई)…

अमेरिकाले ताइवानलाई दुई वटा एफ–१६भी ब्लक ७० लडाकु विमान हस्तान्तरण गरेको छ। यी विमानहरू ताइवानको रक्षा क्षमता बढाउन र चीनबाट…

भारतको राजधानी नयाँ दिल्लीमा निर्वाचन आयोग प्रमुख ज्ञानेश कुमारको राजीनामा माग्दै विरोध प्रदर्शन भएको छ। प्रदर्शनकारीहरूलाई रोक्न सरकारले कडा सुरक्षा…

प्रतिकृयाहरू
...