Wednesday 24th April 2024

चितवन काण्डमा नयाँ नजिर स्थापित गर


डा. अम्बरिश पोख्रेल- कसैलाई झापट हान्नु पनि अपराध हो । कृपया पुलिस र अदालतले नयां नजिर स्थापित गर । यस सम्बन्धी निम्न कुराहरू आकर्षित हुन आउँछन् भनेर भन्नु हुन्छ युवा विश्लेषक अंम्बरिश पोख्रेल ।

१.चितवनतिर एक जना दारु पानी पिएर मात्तिदै हिँडेका एक अर्ध वैसे छोरा छोरीको बाउलाई, तिघ्रे मुँघ्रे एउटा पसले साहुले हात हालेछ । अनि उनको तत्काल मृत्यु समेत भयो ।

२.मेडिकल पसल गरेर टन्न पैसा कमाई गरेर, मैमत्त भएको मेडिकल साहुले, रक्सी पियर हल्ला गरेको भनेर उक्त अर्ध वैसे मानिस माथि हात हालेको रहेछ ।

३. संसारभरिको चलन:
चित्त नबुझे पछि, जति पनि भनाभन गर्न पाइन्छ, झगडा गर्न पाइन्छ। रिस देखाउन नी पाइन्छ । अगाडि टेबल कुर्ची वा भित्तो जे छ त्यसमा हात वा खुट्टा वा टाउको अर्थात् मुड्की ठोक्न, बजार्न वा जस्तो सुकै प्रकारको शारीरिक हाउ भाउ गर्न पाइन्छ । त्यो प्रकारको हाउभाउ विश्व भरि चली आएको चलन हो ।

४. अरु संसारमा के पाइँदैन ?
तर उसको हाउ भाउले दोस्रो व्यक्तिलाई कुनै प्रकारको शारीरिक चोटपटक लाग्नु हुँदैन । अर्थात् त्यो नियतबाट उसले त्यो हाउ भाउ गर्न पाइँदैन । त्यो गरेमा अपराध हो । अझ कसैको मृत्यु समेत भयो भने त त्यो झन् ठूलो अपराध हो । यो विश्व व्यापी अपराध हो । उसले त मुक्का नै हानेको छ । पानीको पाइपले समेत हानेको कुरा आएको छ ।

५. अर्को के समेत पाइँदैन?
अझ केही देशहरूमा त, त्यसरी आफैले आफैलाई रिस पोख्न भौतिक रूपमा टेबल हान्न नी पाइँदैन आफ्नो घरको बाहेक । अरूलाई मुक्का त पर जाओस ।

६. चितवन काण्डमा मुक्का हान्ने पसले साहु, अपराधी मानसिकताको मान्छे रहेछ अर्थात् निर्धोलाई बल मिच्याई गर्ने दुष्ट प्रवृत्तिको मान्छे रहेछ भन्ने कुरा जान्न कुनै आईतबार कुर्नु पर्दैन ।

६. एक छिन सोचौं, मृतक हाम्रो आफ्नै घरको सदस्य हुनुहुन्थ्यो भने, मुक्का हानेर मृत्युको मुखमा धकेलेको मानिसलाई माफी दिन सक्नु हुन्छ ? कदापि सकिँदैन ।

७. फेरि कल्पना गर्नुहोस, आगामी दिनहरुमा ( जीवनमा के पर्छ, पर्छ, के थाहा?) म वा हामी वा आफ्नो घरको सदस्य कोही कतै कसैसँग कुनै कुरामा बाझा बाझ पर्यो, तर अर्को व्यक्ति बलियो बाङ्गो रहेछ, तपाईंलाई एक मुक्का जमाएर हान्यो अनि मृत्यु समेत भयो भने ? माफी दिने हिम्मत छ तपाईंको परिवारमा?

८. के जीवनमा कहिल्यै कसैसँग झगडा पर्न सक्दैन तपाईं हाम्रो ? एकछिनको लागि सम्झनुहोस्, म त कसैसँग झगडा गर्दिन । किन गर्नु झगडा, भनेर आफूले आफूलाई ज्ञानी बनाउनु भएको होला । राम्रो हो । तर बिना कारण अर्को व्यक्तिले तपाईंसँग जबर्जस्ती झगडा गर्न आयो, अनि उसैले जोडले मुक्का पनि हान्यो ! तपाईंको मृत्यु नभए नी, नर्भ सिस्टममा असर गर्यो र तपाईं जीवन भरीको लागि अपाङ्ग हुनु पर्यो भने के गर्नु हुन्छ ?
जाबो एक मुक्का हानेको होनी उसले, माफी दिन्छु भन्न सक्नु हुन्छ ?

९. त्यसैले, रक्सी पियर कसैले बोल्यो भन्दैमा, उसमाथि भौतिक आक्रमण गरी मृत्युमा पुर्याउनु सरासर अपराध हो । कडा भन्दा कडा सजाय दिनु पर्ने हुन्छ ।

१०. अझ यही घटनालाई लिएर नेपाल पुलिस र अदालतले एउटा नजिर स्थापित गर्नु पर्छ, ताकि आगामी दिनहरुमा, जति- जस्तो झगडा परेता पनि हात हाल्यो भने कडा सजाय हुन्छ भनेर ।

११. हेरौं पीडितको परिवारले थोरै भए पनि न्याय पाउने छन् । नजिर स्थापित हुने छ । हामी सबै सुरक्षित रहन सक्ने नयाँ वातावरण बनोस् ताकि मैं मत्त भएका चितवनको पसले जस्ता दुष्ट मानिसबाट कसैले पनि मुक्का खान नपरोस । काल पल्केको कुरालाई रोक्नु पर्छ ।
अस्तु ।
ए पोख्रेल ।


सम्बन्धित शीर्षकहरु

इलाम क्षेत्र नम्बर- २ मा वैशाख १५ मा हुने उपनिर्वाचनका लागि प्रचार प्रसारको आज अन्तिम दिन रहेको छ । आज…

कतारका अमिर शेख तमिम विन हमाद अल थानी स्वदेश फर्किएका छन् । दुई दिने राजकीय भ्रमणका लागि हिजो दिउँसो काठमाडौं…

गर्मी मौसममा मानिसहरु राहत पाउन विभिन्न प्रकारका तरल पदार्थको सेवन गर्छन् । यसै सन्दर्भमा आज हामी तपाईलाई ५ प्रकारका जुसको…

प्रतिकृयाहरू
...