Monday 21st September 2026

कुवेतको दशैं-कतै खुसी, कतै दुःखी( फोटो फिचर सहित)


तितोपाटी- कुवेतमा कार्यरत नेपालीले हिजो शुक्रवार १५ तारिखको दिन परेको बड़ा दशैं विशेष मान्यजनको हातबाट टिका ग्रहण गरी भव्यरूपमा मनाएका छन।

यस पालिको टिका शुक्रवार परेकाले कुवेतमा कार्यरत नेपालीहरु निकै खुसी देखिन्थे । रातो टिका निधारभरी लगाएर कुवेतको खुल्ला पार्कस्थलमा रमाईलो गर्ने नेपालीहरु पनी प्रसस्तै भेटिए ।

दशैं नेपालीहरुको महान चाड भएकाले यो पर्व स्वदेश तथा प्रवासमा रहेका सबै नेपालीहरुले भव्यका साथ मनाउने गर्छन् ।

कुवेतको विभिन्न क्षेत्रमा रहेका नेपालीले आफन्त हरुको हातबाट टिका लगाई सो अवसरमा शुभकामना आदानप्रदान सहित खुसी साटासाट गरेको सामाजिक संजालमा देख्न सकिन्छ।

कोरोनाकालले गर्दा झण्डै दुई वर्ष यता घर बिदा जान नपाएका र अन्य विविध कारणले कुवेतमै रहेका नेपालीहरुले सामूहिक टिका जमरा लगाई दशैं मनाएका हुन।

प्रवासमा नेपालमा जस्तो दशैं नहुने भन्दै अधिकांश कुवेतवासी नेपालीहरु टिकाको दिनपनि काममा नै गएको पाइयो ।  कसैले काम सकिएर फुर्सतमा टिका लगाएका थिए।

म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) कुवेतले पनी बडा दशैको अवसरमा शुभकामना आदानप्रदान तथा टिका ग्रहण गरी दशै भव्यरूपमा मनाएको संस्थाका महासचिव- चन्द्र गोतामेले बताए।

बिगत ६ वर्षदेखी कुवेतमा कार्यरत बुटवलका मित्रभक्त आचार्यले आफन्तहरुसँग दशै मनाउन पाउदा घरपरिवारसँगै रहेको अनुभुति गरे।आचार्यले थपे, कोरोना महामारीले पोहोर साल दशैमा रमाइलो नभएको बताउदै यस पालिको दशैमा निकै रमाइलो गरेको बताए।

कुवेतमा रोजगारिको सिलसिलामा बिगत १२ बर्ष देखि कार्यरत दार्चुला जिल्ला नौगाड गाउपालिका ६ पन्ढुङगाका पुष्कर धामी भन्छन, व्यस्तताको बावजूद पनी कुवेतमा यस पालिको दशै निकै रमाइलो भएको र आफु भन्दा अग्रज व्यक्तिहरुको हात बाट टिका लगाउन पाएकोमा आफु नेपालमै भएको महसूस गरेको बताउदै धामीले दशैंको दिन आफ्नो संस्थामा आवद्ध नेपालीहरुले मिलेर टिका थापेको बताए ।


साथै बुटवल घर भइ लामो समय देखी कुवेतमा कार्यरत उमा पौडेलले भने आफन्त परिवारहरुको साथमा दशै मनाएको बताइन।

विगत ८ वर्षदेखि कुवेतमा कार्यरत नवलपुरका मोहन ठाडा मगरलाई दशैको दिनमा छुट्टी नमिल्दा दुःख लागेको बताए । ‘नेपालमा आफन्तहरुले खुसीयाली मनाइरहेका थिए, हामी भने यहाँ विहानै काममा कुद्न पर्यो,’ उनी भन्छन् ।

यसैगरी कुवेतको विविन्न क्षेत्रहरुमा बस्दै आएका नेपालीहरुले विभिन्न स्थानमा आफन्तहरुसँग भेटघाट गरेर दशैं मनाएका थिए।


सम्बन्धित शीर्षकहरु

प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघ महासभा (UNGA) को ८१औँ अधिवेशनमा नेपालको प्रतिनिधित्व गर्न सेप्टेम्बर २२ मा न्यूयोर्क प्रस्थान गर्ने भएका…

भोटेकोशी–त्रिशूली नदी प्रणालीमा गत अगस्ट २६ मा आएको विनाशकारी बाढीपछि प्रधानमन्त्री प्राकृतिक विपद् उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक…

उत्तर कोरियाले आइतबार आफ्नो पूर्वी तटीय क्षेत्रबाट दुईवटा छोटो दूरीका ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको छ। करिब तीन घण्टाको अन्तरमा भएका…

प्रतिकृयाहरू
...