Sunday 1st November 2026

टहल आचार्यको गजल संग्रह – २४


अमेरिकी पिजा बर्गर रोष्ट टोष्ट खाईन्न है ,
ए हजुर देश बेचेर एमसिसी चाहिन्न है ।

डाडु देखाई खड्कुँलो लुटीलाने सामान्तीको ,
साम्राज्य र बिस्तारबादी प्रभु भक्ती गाईन्न है ।

महलको सुख सँयल बिलासीता नभोगेरै ,
भोकै नाङ्गै मरुँला म शरण पर्न जाईन्न है ।

जति रोए कराए नी बैगुणीको हात बाट ,
गुमेपछि सार्वभौम स्वतन्त्रता पाईन्न है ।

आडम्बरी घमण्डी पाशवीक दुराशायी ,
स्याल ब्वाँसोहरु सँग कुनै नाता लाईन्न है ।

टहल आचार्य
२०७८/०६/०२


सम्बन्धित शीर्षकहरु

तेहरान । इरानका वरिष्ठ राजनीतिक व्यक्तित्व तथा वैज्ञानिक डा. मोहम्मद जावाद लारिजानीले आफ्नो देशको परमाणु प्रविधि र क्षमताबारे विवादास्पद दाबी…

वासिङ्टन । आज सुक्खा, धुलाम्मे र हावाले उडाएको मरुभूमिजस्तो देखिने मङ्गल ग्रहको एउटा उपत्यकामा अर्बौं वर्षअघि नदी बग्थ्यो भन्ने प्रमाण…

लोकतान्त्रिक गणतन्त्र कंगो (DR Congo) मा फैलिएको इबोला महामारीबाट हालसम्म ५,००० भन्दा बढी मानिसको मृत्यु भएको छ। सरकारी तथ्याङ्कअनुसार मे…

प्रतिकृयाहरू
...