Saturday 16th May 2026

कुवेतमा सडक दुर्घटनामा मृत्‍यु भएका कास्कीका जंगबहादुरको शब नेपाल पुर्याइयो


हरी कृष्ण न्यौपाने- तीतोपाटी डटकम- लामो समय देखी रोजगारीका क्रममा कुवेतमा रहेका मादी गाउँपालिका-१, खिलङ(साबिकको पाँच गाबिस-२)कास्कीका जंगबहादुर गुरुङको अगष्ट-२०,२०२१ शुक्रबार दिन सडक दुर्घटनामा मृत्‍यु भयो।हाल ASG कम्पनीमा कार्यरत ४१ बर्षिय गुरुङको डिउटी जाने क्रममा उनी चडेको सबारी साधन अर्को सबारी साधनमा ढोक्किएर भएको दुर्घटनामा दुर्घट्नास्थलमै मृत्‍यु भएको थियो भने उनको शब नेपाल पुर्याइ अन्त्यष्टी गरिसकिएको छ।

तमु समाज कुवेतका पूर्व अध्यक्ष अमर गुरुङले तीतोपाटी डटकम संग भने”सन २००२ देखी २०१८ सम्म एक क्याटरिङ्ग कम्पनीमा काम गरी पछील्लो ३ बर्ष देखी ASG-KU-DFAC मा कार्यरत गुरुङको सडक दुर्घट्नामा मृत्‍यु भए पछी नेपाली राजदूताबास कुवेत , मृतक कार्यरत कम्पनी र परिवारसंग समन्वय गराएर शब नेपाल पठाइयो।उनको डिउटी जाने क्रममा सडक दुर्घटनामा परि दुर्घटना स्थलमै मृत्‍यु भएको थियो।”अमर गुरुङले थपे”उनी संगै अन्य बिदेशी नागरिकहरु पनि दुर्घटनामा परेका भन्ने सुने पनि अन्य नेपाली भने परेका छैनन। मृतक जंगबहादुरको २ छोरा, १ छोरी र श्रीमती रहेका छन। ”

यसै बिच तमु समाज कुवेतले मृतक जंगबहादुर गुरुङको निधनले समाज दुखित भएको बताउदै मृतक गुरुङको आत्माको चिरशान्तीको कामना गर्दै शोकाकुल परिवारमा समाबेदना प्रकट गरेको छ।


सम्बन्धित शीर्षकहरु

युनाईटेड अरब ईमिरेट (United Arab Emirates) को दुवई अन्तराष्ट्रिय विमानस्थल (Dubai International Airport) मा चिनियाँ “गुआङजियान–21A” (Light Arrow-21A) लेजर आधारित…

नेपाल सरकारको आर्थिक वर्ष २०८३/८४ का सम्भावित प्राथमिकता र कार्यक्रमहरूमा सुशासन, डिजिटल प्रविधि, आर्थिक सुधार, कृषि आधुनिकीकरण, ऊर्जा विस्तार र…

मार्को रुवियो माथि चीनले  पहिले नै प्रतिबन्ध लगाएको भए पनि उनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प  सँग बेइजिङ भ्रमणमा सहभागी हुन…

प्रतिकृयाहरू
...