Monday 28th September 2026

क्यूआर कोडसहितको खोप कार्ड वितरण शुरु


तितोपाटी- विदेश जानेहरुका लागि आवश्यक क्यूआर कोड सहितको कोभिड १९ विरुद्धको विद्युतीय खोप कार्ड वितरण शुरु भएको छ । कीर्तिपुरस्थित राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रबाट आज (विहीबार) बिहान १० बजेबाट कार्ड वितरण शुरु गरिएको केन्द्रका प्रवक्ता डा.जितेन्द्र श्रेष्ठले बताउनुभयो ।

विदेश जानेहरुका लागि प्राथमिकताका आधारमा कार्ड वितरण गरिने र दैनिक एक हजार जनलाई यस्तो कार्ड वितरण हुने उहाँले बताउनुभयो । यस्तो विद्युतीय कार्ड प्राप्त गर्नका लागि खोप लगाएको सक्कल कार्ड, राहदानीको फोटो कपी र पासपोर्ट साइजको फोटो बुझाउनु पर्ने हुन्छ ।साथै यसका लागि अनलाइन मार्फत पनि आवेदन दिन सकिने छ । सरकारले अहिले आयुर्वेद अस्पताल कीर्तिपुरबाट यो सेवा शुरु गरेको र विस्तारै अन्य जिल्लामा पनि शुरु गर्ने बताइएको छ । यस अघि प्रधानमन्त्री शेरबहादुर देउवाले क्यूआर कोडसहितको कोरोना खोप प्रमाणीकरण कार्ड लागू गर्न निर्देशन दिनुभएको थियो ।
कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिको बैठकमा प्रधानमन्त्री देउवाले क्यूआर कोडसहितको खोप प्रमाणीकरण कार्ड प्रयोगमा ल्याउन निर्देशन दिनुभएको हो । कतिपय मुलुकमा कागजी प्रमाणीकरणलाई मान्यता नदिएकाले क्यूआर कोडसहितको खोप प्रमाणीकरण कार्ड प्रयोगमा ल्याउन आवश्यक भएको सीसीएमसीका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री देउवाले जोड दिनु भएको थियो।

गोरखापत्रबाट


सम्बन्धित शीर्षकहरु

युक्रेनले ‘अपरेसन भिभाल्दी’ अन्तर्गत ठूलो ड्रोन प्रयोग गरेर विस्फोटक बोकेको ह्राइफोन (Hryphon) नामक भूमिगत रोबोट रूसी नियन्त्रण क्षेत्रभित्र १० किलोमिटरभन्दा…

भारतको उत्तर प्रदेशमा लगातारको भारी वर्षाका कारण कम्तीमा ५६ जनाको मृत्यु भएको छ। पछिल्लो तीन दिनमा आएको वर्षा र आँधीका…

दक्षिण–पश्चिम यमनको ताइज क्षेत्रमा भएको साउदी हवाई आक्रमणमा ७ जनाको मृत्यु भएको छ भने ४० जना घाइते भएका छन्। इरान…

प्रतिकृयाहरू
...