Sunday 27th September 2026

कुवेतमा ‘ईद अल अधा’ को अवसरमा ५ दिन बिदा


तितोपाटी– ‘ अराफात र ईद अल–अधा’ को अवसरमा आधिकारिक बिदा ५ दिन सम्म दिने कुवेत मन्त्रिपरिषद्ले घोषणा गरेको छ। उक्त१८ जुलाई आइतवार देखि शुरु हुनेछ र बिहीबार, जुलाई २२ मा समाप्त हुने मन्त्रिपरिषदले सोमबार बताएको छ।

ईद अल फितर जस्तै, सार्वजनिक र निजी क्षेत्रहरूमा छुट्टी हुनेछ। मन्त्रालयले घोषणा गर्यो कि कुवेतमा ईद अल–अधा’ पर्व जुलाईको १८तारिक देखी जुलाईको २४ तारिक सम्म मनाइने( कुनालाई उद्धृत गर्दै कुवेत टाइम्सले लेखेको छ ।

सरकारी कार्यालयहरू शुक्रवार १६ जुलाई देखि शनिवार २४ जुलाई सम्म बन्द रहनेछन भने २५ तारिक देखी पुन कार्यलय खुला हुनेभएका छन।

यो मक्का यात्रा को हज भनेर पनी चिनिन्छ ।ईद–उल–अजहा वा ईद–अजहा इस्लाम धर्मालंबीहरूको  महत्त्वपूर्ण चाड हो। ईदका तीनप्रकार छन्। ईद–उल–अजहा धेरै नामहरू द्वारा परिचित छ। ईद–अजहालाई नमकीन ईद पनि भनिन्छ र यो ईदलाई इदे कारबान पनिभनिन्छ। इस्लामी क्यालेन्डरका अनुसार बकरीद प्रत्येक वर्ष १२ औं महिनाको १० तारिख मनाइन्छ।

यो रमजान को महीना को अन्त पछि करीव ७० दिन पछी मनाईन्छ। ईदको अवसरमा मानिसहरूले ईदको मुबारक एक अर्काव्यक्तिहरुलाई शुभकामना दिन्छन्। ईदको प्रार्थनामा, आफ्ना आफन्तहरुको  हितको लागि प्रार्थना गर्दछन्। तिनीहरू एक अर्कालाईअंगालो हालेर सुख र शान्तिको सन्देश दिने गर्दछन।


सम्बन्धित शीर्षकहरु

पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित डेरा इस्माइल खान जिल्लामा शनिबार भएको आत्मघाती बम विस्फोटमा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने…

ग्रिसको राजधानी एथेन्सको पर्यटकीय क्षेत्र प्लाकामा भएको शक्तिशाली विस्फोटमा ६ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा चार अमेरिकी पर्यटक र…

लगातारको वर्षा र पहिरोका कारण देशका विभिन्न राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन्। सडक विभागका अनुसार पूर्वपश्चिम राजमार्गको भाइरलडाँडामा सडक…

प्रतिकृयाहरू
...