Friday 11th September 2026

आईकाओद्वारा कतार सरकारको प्रस्ताव अनुमोदन


तितोपाटी- अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) ले दोहा उडान सूचना क्षेत्र (एफआईआर) र दोहा सर्च एण्ड रेस्क्यु क्षेत्र (एसआरआर) स्थापना गर्न कतार सरकारले गरेको प्रस्तावलाई सैद्दान्तिक सहमति प्रदान गरेको छ । आईकाओको सहमतिसँगै कतारले आफ्नो सार्वभौम एयरस्पेस र क्षेत्रीय एयरस्पेसको सुरक्षा र दक्षताका स्तरमा बृद्धि गर्नुका साथै उच्च समुद्री तटमा रहेको अन्य अन्तर्राष्ट्रिय एयरस्पेस समावेश गरी आफ्नो क्षमता बढाउन पाउने भएको छ ।

आईकाओ काउन्सिलको २ सय २३ औं बैठकले कतार सरकारको प्रस्तावलाई अनुमोदन गरेको हो ।  आईकाओले कतारले गरेको प्रस्तावलाई शिकागो कन्भेन्शनले तय गरेको अनुच्छेद नम्बर एक तथा काउन्सिल महासभाको रिजोलुशन ४० को ४ ले दिएको अधिकार प्रयोग गरेर अनुमोदन गरेको जनाएको छ ।

यस प्रस्ताव मार्फत कतारले यस क्षेत्रकै हवाइ उडानलाई सुरक्षित तथा दिगो बनाउने उद्देश्य लिएको छ । जसले विश्वकै हवाइ क्षमता विस्तार तथा विकास गर्न मद्दत पुग्ने विश्वास आईकाओले लिएको छ ।

यसको अलावा आईकाओले हवाइ उडान तथा हवाइ क्षेत्र सुरक्षित गर्ने विषयलाई देशहरूबीचको आपसी सम्बन्ध, सहकार्य तथा सम्मानमा समेत निर्भर रहने बताएको छ । साथै प्राविधिक रूपमा समेत ये प्रस्तावको परीक्षण गरिने कुराको विस्वास आईकाओले दिलाएको छ । कतार हवाइ उडान क्षेत्रको सुरक्षा, एयर ट्राफिक नियन्त्रण तथा सेवा सुविधा प्रदान गर्न सक्षम रहने वा नरहने विषयको जाँच गरिने कुरा आईकाओले बताएको छ । साथै आईकाओले बहराइनले दशकौंदेखि सुरक्षित हवाइ उडान सञ्चालन गरिरहेको स्वीकार गरेको छ ।

आईकाओले बहराइन र कतार संगसंगै अन्य छिमेकी राष्ट्रलाई बार्ता र सहकार्यको माध्यमबाट हवाइ क्षेत्र सुरक्षामा सजक रहन आह्वान गरेको छ ।कतार सरकारले आईकाओमा सदस्य रहेका सबै राष्ट्रहरूको असाधारण सहयोगका कारण कतारले हिम्मत गर्न सकेको बताएको छ । माननीय यातायात तथा संचार मन्त्री जासिम विन सैफ अलसुलैतीले कतारको प्रस्तावमा कतार मात्रै नभएर गल्फ राज्यहरूकै फाइदा रहेको बताए । उनले कतारले शिकागो सहमति तथा आईकाओ काउन्सिल रजेलुशनको सम्मान गर्दै हवाइ क्षेत्र सुचना तथा खोजी र उद्दार क्षेत्र स्थापना कार्यलाई प्राथमिकता दिने बताए ।

-साभार रातोपाटीबाट


सम्बन्धित शीर्षकहरु

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच नयाँदिल्लीमा महत्वपूर्ण द्विपक्षीय वार्ता भएको छ। आगामी BRICS शिखर सम्मेलनको पूर्वसन्ध्यामा…

भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछि सरकारले प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत वितरण र पुनःस्थापनाको कामलाई तीव्र बनाएको छ।…

इजरायली सेनाले दक्षिणी लेबनानको अली अल–ताहेर पहाडमुनिको हिजबुल्लाह सुरुङ संरचना विस्फोट गराएको र त्यसपछि ४.१ म्याग्निच्युडको कम्पन रेकर्ड भएको जनाएका…

प्रतिकृयाहरू
...