Wednesday 16th September 2026

बोस्टनमा वसन्तको कविता


तीतोपाटी डटकम-समाचारदाता,साहित्यकार वसन्त श्रेष्ठले बोस्टनमा एक दर्जन कविता सुनाएका छन् । आइतबार सिर्जना उत्सव , बोस्टनले आयोजना गरेको ‘ सर्जकसँग एक साँझ’ कार्यक्रममा उनले कविता सुनाएका हुन्।

बोस्टनमा आधा दशक बिताएका वसन्तले कविता वाचनका क्रममा बोस्टनको जीवनको सम्झना पनि सुनाए । मुक्तक र कविताका साथमा संस्मरण मिसिएको उनको अन्तर्क्रियात्मक प्रस्तुतिलाई साथ दिन गैरआवाशीय नेपाली संघ अमेरिकाका वरिष्ठ उपाध्यक्ष डा. अर्जुन वन्जाडेदेखि नेपाली चलचित्र ट्रक ड्राइभरकी नायिका एलना श्रेष्ठ, समाजसेवी प्रह्लाद केसी, अनेसास बोस्टन च्याप्टरका संस्थापक अध्यक्ष अच्यूत अधिकारी, महेश्वर पन्त, ममता कर्माचार्यसम्मले साथ दिएका थिए ।

गोवर्द्धन पूजाको संयोजनमा आयोजित उक्त कार्यक्रममा थानिरत्न कँडेल, नवीन उप्रेती, लव अधिकारी, विद्ध्या श्रेष्ठ, देवेश मल्ललगायतको सहभागिता रहेको थियो ।


सम्बन्धित शीर्षकहरु

फिलिपिन्सका पूर्वराष्ट्रपति रोड्रिगो दुतेर्ते बुधबार नेदरल्यान्ड्सको हेगस्थित अन्तर्राष्ट्रिय फौजदारी अदालतमा व्यक्तिगत रूपमा उपस्थित भएका छन्। सन् २०२५ मा हेग पुर्‍याइएपछि…

युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयेनले युरोपको सुरक्षा र सहकार्यलाई थप बलियो बनाउन"युरोपियन सेक्युरिटी काउन्सिल" गठन गर्ने प्रस्ताव गरेकी…

पूर्वप्रधानमन्त्री तथा नेकपाका सह–संयोजक माधवकुमार नेपाल सहित ९३ जनाविरुद्ध दायर भ्रष्टाचार मुद्दाको सुनुवाइ विशेष अदालतमा अन्तिम चरणमा पुगेको छ। मुद्दा…

प्रतिकृयाहरू
...