Saturday 31st October 2026

बोस्टनमा वसन्तको कविता


तीतोपाटी डटकम-समाचारदाता,साहित्यकार वसन्त श्रेष्ठले बोस्टनमा एक दर्जन कविता सुनाएका छन् । आइतबार सिर्जना उत्सव , बोस्टनले आयोजना गरेको ‘ सर्जकसँग एक साँझ’ कार्यक्रममा उनले कविता सुनाएका हुन्।

बोस्टनमा आधा दशक बिताएका वसन्तले कविता वाचनका क्रममा बोस्टनको जीवनको सम्झना पनि सुनाए । मुक्तक र कविताका साथमा संस्मरण मिसिएको उनको अन्तर्क्रियात्मक प्रस्तुतिलाई साथ दिन गैरआवाशीय नेपाली संघ अमेरिकाका वरिष्ठ उपाध्यक्ष डा. अर्जुन वन्जाडेदेखि नेपाली चलचित्र ट्रक ड्राइभरकी नायिका एलना श्रेष्ठ, समाजसेवी प्रह्लाद केसी, अनेसास बोस्टन च्याप्टरका संस्थापक अध्यक्ष अच्यूत अधिकारी, महेश्वर पन्त, ममता कर्माचार्यसम्मले साथ दिएका थिए ।

गोवर्द्धन पूजाको संयोजनमा आयोजित उक्त कार्यक्रममा थानिरत्न कँडेल, नवीन उप्रेती, लव अधिकारी, विद्ध्या श्रेष्ठ, देवेश मल्ललगायतको सहभागिता रहेको थियो ।


सम्बन्धित शीर्षकहरु

विचौलियाको आरोपमा अनुसन्धानको घेरामा रहेका इनम सापकोटासँग सर्वोच्च अदालतका उच्च पदस्थ व्यक्तिहरूको नाम जोडिएपछि न्यायपालिका यतिबेला गम्भीर विवादमा तानिएको छ।…

लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न स्थानका १२ भन्दा बढी मुख्य सडकखण्ड अवरुद्ध भएका छन्। सडक बन्द…

कुवेतको मुत्ला क्षेत्रमा निर्माणाधीन भवनको सुरक्षा जिम्मेवारी सम्हालिरहेका एक सुरक्षा गार्डको हत्या गरेको आरोपमा बङ्गलादेशी नागरिक पक्राउ परेका छन्। कुवेतको…

प्रतिकृयाहरू
...