Monday 17th June 2024

कुवेतमा जुन-२७ बाट कोरोना बिरुद्दको खोप नलगाएकालाई सपिङमलहरुमा प्रबेश निषेध


हरी कृष्ण न्यौपाने-कुवेत सरकारले कोरोना बिरुद्दको खोप (कोभिड भ्याक्सिन) नलगाएकाहरुलाई सपिङ मल, रेष्टुरेन्ट, हेल्थ क्लब तथा शैलुनहरुमा प्रबेश गर्न नदिने भएको छ।यो नियम जुन-२७,२०२१ आईतवारबाट लागू गरिने भएको हो।

कुवेतको मन्त्रिपरिषदको निर्णयलाई सार्वजनिक गर्दै कुवेत टाइम्समा प्रकाशित समाचारमा भनिएको छ “जुन-२७ तारिक,२०२१बाट सपिङ मल, रेष्टुरेन्ट, हेल्थ क्लब तथा शैलुनहरुमा जाने सबै कुवेती नागरिक तथा आप्रबासीहरुले कुवेत मोबाइल आइडी वा इमियून (Kuwait Mobile ID or Immune)मोबाइल एप्स मार्फत आफूले कोभिड भ्याक्सिन लगाएको रेकर्ड देखाउनु पर्ने छ।”

त्यसै गरी कुवेत सरकारले सेप्टेम्बर २०२१ बाट कोभिड भ्याक्सिन नलगाएका आप्रबासीहरुको भिषा नबिकरण नगर्ने यस पहिलेनै घोषणा गरिसको छ भने कुवेतको रेसिडेन्सी सिस्टमलाईनै कोभिड भ्याक्सिन डोजसंग लिंक गराउने कुवेत सरकारले तयारी गरिरहेको बताईएको छ।कोभिड भ्याक्सिनलाई रेसिडेन्सी सिस्टममा लिंक गराउने काम शुरु गरिएको कारण साथै कुवेत आउन चाहने नयाँँ कामदारहरुको भिषा तत्काल नखुल्ने बताईएको छ।

तपाईंले पनि कोभिड भ्याक्सिन लगाउन अनलाइन मार्फत नाम दर्ता गराउनु भयो?यदी नाम दर्ता गरेर आफ्नो पालो आएको छैन भने अझै केही समय पर्खनु होला तर अझै नाम दर्ता गराउनु भएको छैने भने कुवेत सरकारको स्वास्थ्य मन्त्रालयको अनलाइन लिंकबाट निशुल्क कोभिड भ्याक्सिनका लागि नाम दर्ता गराउनु होला।

तर भिषा स्टाट्समा इलिगल भएका वा भागेर अबैधानिक रुपमा काम गरिरहेकाहरुले भने कुवेतमा कोभिड भ्याक्सिनको सेवा लिन पाउने छैनन।यसरी अबैधानिक रुपमा रहेका अनुमानित आप्रबासिहरुको संख्या १ लाख भन्दा माथि रहेको बिभिन्न समयमा प्रकाशित समाचारमा जनाइएको छ।


सम्बन्धित शीर्षकहरु

पेट्रोलियम पदार्थको मूल्य घटेको छ। नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थको मूल्य घटाएको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर…

LuLu हाइपरमार्केटको रोमाञ्चक ‘LuLu Let's Connect’ अन्तर्गत Motorola द्वारा संचालित प्रमोसन जुन १३ जुन देखि २२ जुन सम्म हाइपरमार्केटका सबै…

चीनमा शनिबारदेखि लागू हुने नयाँ चीन तटरक्षा सम्बन्धी नियमले अधिकारीहरूलाई दक्षिण चीन सागरको विवादित क्षेत्रमा विदेशीहरूलाई बिना कुनै परीक्षण ६०…

प्रतिकृयाहरू
...