Saturday 10th October 2026

नौजना नारीलाई अनेसास नवरत्न पुरस्कार


तीतोपाटी डटकम-समाचारदाता-अमेरिका,अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको नवरत्न पुरस्कार समितिले साहित्य, कला, समाजसेवा र पत्रकारिता क्षेत्रका नौजना महिलाहरूलाई नवरत्न पुरस्कारले सम्मान गर्ने भएको छ ।

समितिले साहित्य तर्फ गंगा लिगल, शारदा पौडेल ‘नीशा’ , गीता कार्की , शकुन ज्ञवाली र ममता कर्माचार्यलाई सम्मान गर्ने भएको हो । यसैगरी यसैगरी गायनमा सपना श्री , अभिनयमा गौरी मल्ल, पत्रकारितामा विमला  भण्डारी  र समाजसेवामा विना बर्मालाई पुरस्कृत गर्ने भएको छ ।

समितिको संयोजक शान्ता घिमिरे अधिकारीको अध्यक्षतामा हालै बसेको बैठकले तीन सदस्यीय पुरस्कार चयन समितिको सिफारिसमा उक्त निर्णय गरेको हो ।

साहित्यकार लीला लुइटेलको संयोजकत्वमा गठित चयन समितिमा साहित्यकार पुनम काफ्ले र अनेसासका सचिव विमला निरौला रहेका थिए ।

आगामी अगष्ट महिनामा अमेरिकामा एक कार्यक्रम गरि दुईसय पचास अमेरिकी डलरसहित पुरस्कृत गरिने संयोजक अधिकारीद्वारा प्रेषित समाचारमा जानकारी गराइएको छ ।


सम्बन्धित शीर्षकहरु

संखुवासभा समाज कुवेतले यस वर्षको दशैं–तिहार तथा वार्षिकोत्सव कार्यक्रम नगर्ने निर्णय गर्दै त्यसका लागि छुट्याइएको रकम क्यान्सर पीडितलाई सहयोग गरेको…

राष्ट्रपति रामचन्द्र पौडेलले विपद्सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश जारी गरेका छन्। अब बाढी, पहिरो जस्ता विपद्मा बेपत्ता भएका…

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदकी उम्मेदवार विनिता खड्का इजरायल रोजगारीमा पठाइदिने भन्दै रकम असुली गरिएको ठगी प्रकरणमा पक्राउ…

प्रतिकृयाहरू
...