Thursday 18th June 2026

अन्तर्राष्ट्रिय झापाली समाजद्धारा २३ लाख बराबरको कोरोना विरूद्धको स्वस्थ्य सामग्री सहयोग


तीतोपाटी – विश्वव्यापी कोभिड महामारीको कारण नेपाल पनि अति जोखिम राष्ट्रको रूपमा पुगेपछि विश्वका विभिन्न राष्ट्रमा रहेका झापालीहरुको साझा छाता संस्था अन्तर्राष्ट्रिय झापाली समाजले कोरोनाबाट जिल्लावासीको जीवन रक्षाका लागि २३ लाख रुपैयाँ बराबरको विभिन्न सामग्री सहयोग प्रदान गरेको छ । सो कुरा झापाली समाज कुवेतका अध्यक्ष लोमस बास्तोलाले तीतोपाटी डट कम लाइ जानकारी गराएका हुन् ।

एक का लागि एक अभियानले स्थापना गरेको अक्सिजन बैंकका लागि पनि समाजले एक सय वटा सिलिण्डर बराबरको १५ लाख रुपैयाँ प्रदान गरेको छ । अभियानको मुख्य साझेदारको रुपमा रहेको समाजले अक्सिजन बैंक उद्घाटनको सन्दर्भ पारेर बुधवार सहारा नेपालको केन्द्रीय कार्यालय बिर्तामोड २ चारपानेमा उक्त रकमको चेक प्रदान गरेको हो । अन्तर्राष्ट्रिय झापाली समाजको तर्फबाट उपाध्यक्ष नवीन पोखरेलले १५ लाख रुपैयाँको चेक कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिना, अभियानका संयोजक महेन्द्रकुमार गिरी र सहसंयोजक बिनोद बस्नेतलाई हस्तान्तरण गरेका हुन् ।

समाजले अभियान र स्थानीय पालिका तथा प्रशासनलाई सहयोग हस्तान्तरण र समन्वयका लागि पोखरेललाई संयोजकको जिम्मेवारी दिइएको छ । विश्वका ४२ वटा राष्ट्रमा राष्ट्रिय समिति निर्माण गरी झापाको स्वास्थ्य, शिक्षा तथा विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको समाजले संकटको घडीमा जिल्लावासीको जीवनरक्षाका लागि तत्कालका लागि उक्त सहयोग प्रदान गरिएको समाजका अध्यक्ष छत्र सुब्बाले बताए ।

समाजका उपाध्यक्ष तथा सहयोग हस्तान्तरण कार्यक्रम संयोजक पोखरेलले समाजको तर्फबाट पालिकाहरुलाई पीपीई, भीटिएम किट, एन्टिजेन्ट किट, ग्लोब्स, एन ९५ र सर्जिकल माक्स, फेस शिल्ड, सेनिटाइजर तथा कोरोना उपचारमा प्रयोग हुने औषधि हस्तान्तरण गरेका छन् ।


मंगलवार समाजको तर्फबटा बिर्तामोड, भद्रपुर, कनकाई, कचनकवल, हल्दिवारी र बाह्रदशीमा समाजले स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । उक्त कार्यक्रममा राष्ट्रिय समितिका प्रतिनिधिहरु भीम पोखरेल, दुर्योधन कार्की, एकका लागि एक अभियानको तर्फबाट शिव कँडेल लगायतको सहभागिता थियो ।

बुधवार एक सयवटा अक्सिन सिलिण्डर हस्तान्तरण र जिल्ला प्रशासन कार्यालयलाई शव व्यवस्थानमा आवश्यक हुने व्याग, फेशशिल्ड, पीपीई लगायतका सामग्री हस्तान्तरण गरिएको छ । प्रजिअ तिमिल्सिनालाई उपाध्यक्ष पोखरेलले उक्त सामग्री हस्तान्तरण गरेका छन् । बाँकी रहेका पालिकाहरुमा विहीवार सामग्री हस्तान्तरण गरिने बताइएको छ । उपाध्यक्ष पोखरेलका अनुसार पालिकाहरुमा आठ लाख रुपैयाँ बराबरको सामग्री हस्तान्तरण गरिदैछ ।

कोरोनाविरुद्धको लडाइमा सहयोग पुर्याउन तथा कसैले अक्सिजन र आवश्यक उपचार अभावमा जीवन गुमाउनु नपरोस भनेर सहयोग प्रदान गरिएको हाल अष्ट्रेलियामा रहेका समाजका संरक्षक दिनेशकुमार पोखरेलले बताएका छन् । उनले समाजद्वारा प्रदान गरिएको सहयोगको सही ठाउँमा सदुपयोग हुने विश्वास व्यक्त गर्दै संकटको घडीमा झापालीहरुको एकताप्रति खुशी व्यक्त गरेका छन् । हाल हङकङमा रहेका समाजका अध्यक्ष सुब्बाले सहयोग गर्ने सबैमा धन्यवाद ज्ञापन गरेका छन् ।


सम्बन्धित शीर्षकहरु

अमेरिका र इरानबीच शान्ति सम्झौताका लागि प्रारम्भिक समझ्दारी पत्रमा हस्ताक्षर भएको छ, जसले तुरुन्तै युद्ध रोक्ने, हर्मुज जलडमरूमध्य पुनः खोल्ने…

चारदिने औपचारिक चीन भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका परराष्ट्रमन्त्री शिशिर खनालले भ्रमणले नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै आर्थिक तथा…

संयुक्त राज्य अमेरिका र इरानबीच द्विपक्षीय तनाव अन्त्य गर्ने, होर्मुज जलमार्ग पुनः सञ्चालन गर्ने तथा आणविक कार्यक्रम र आर्थिक प्रतिबन्धसम्बन्धी…

प्रतिकृयाहरू
...