Sunday 6th September 2026

पत्रकारलाई अस्पतालमा निःशुल्क उपचार, यस्तो छ मिडिया क्षेत्रलाई बजेटमा सम्बोधन


अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि प्रस्तुत बजेटमा मिडिया क्षेत्रका लागि विभिन्न सहुलियत सुविधाको घोषणा गरिएको छ ।  शनिवार बजेट भाषण प्रस्तुत गर्दै मन्त्री पौडेलले सरकार नागरिकको संविधान प्रदत्त सूचनाको हक र पूर्ण प्रेस स्वतन्त्रता सहितको लोकतन्त्र प्रति प्रतिबद्ध रहेको जनाएका छन् । उनले केही मिडिया नीति पनि सार्वजनिक गरेका छन् । आगामी आर्थिक वर्षका लागि उनले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका लागि रु. ७ अर्ब ७४ करोड रुपैयाँ विनियोजन गरेका छन् ।

यस्तो छ मिडियाका लागि बजेटमा सहुलियत र सुविधा

श्रमजीवी पत्रकारको लागि रु. ७ लाख सम्मको दुर्घटना बीमा गरी बीमा प्रिमियमको ५० प्रतिशत रकम नेपाल सरकारले व्यहोर्ने व्यवस्था ।  आगामी साउन १ गतेदेखि नेपाल पत्रकार महासंघको सदस्य रहेका पत्रकारलाई प्रेस काउन्सिलले जारी गरेको उपचार सुविधा परिचयपत्रको आधारमा देश भित्रका सबै सरकारी स्वास्थ्य संस्थामा निःशुल्क उपचार ।

सञ्चारकर्मीको पेशागत दक्षता अभिवृद्धि तथा व्यावसायिकता विकास गर्न आगामी आर्थिक वर्षभित्र आमसञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापना गर्ने । नेपाल पत्रकार महासंघको निर्माणाधिन भवन सम्पन्न गर्न आवश्यक रकम विनियोजन । नेपालको प्रेस र पत्रकारिताको इतिहासलाई जीवन्त राख्न सञ्चार ग्राम परिसरमा प्रेस संग्रहालय स्थापना गर्ने । कोभिड १९ बाट प्रभावित भई रोजगारी गुमाएका पत्रकारलाई लेखन वृत्ति र सञ्चारगृहलाई पुनरकर्जा तथा व्यावसायिक निरन्तरता कर्जा सुविधा दिने ।

नेपाल सरकारले सञ्चार प्रतिष्ठानलाई लोककल्याणकरी विज्ञापन वापत उपलव्ध गराउने रकमको १० प्रतिशत पत्रकार कल्याणकारी कोषमा जम्मा गर्ने व्यवस्थालाई शीघ्र कार्यान्वयन गर्ने । निजी क्षेत्रबाट समेत विज्ञापन वापत प्राप्त आम्दानीको १० प्रतिशत रकम उक्त कोषमा जम्मा गर्न प्रोत्साहित गर्ने ।सरकारी विज्ञापनमा सबै प्रकारका पत्रपत्रिका, रेडियो, टेलिभिजन र अनलाइन सञ्चार माध्यमको न्यायपूर्ण पहुँच सुनिश्चित गर्ने । नेपाल टेलिभिजनको प्रशारणलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन एन टिभी वर्ल्ड च्यानल सञ्चालनमा ल्याइने ।

-रातोपाटीबाट


सम्बन्धित शीर्षकहरु

कुवेतको गृह मन्त्रालयले Decision No. 1410 of 2026 जारी गर्दै विदेशी नागरिकसम्बन्धी रेसिडेन्सी कानुनको कार्यान्वयन नियमावलीमा महत्वपूर्ण संशोधन गरेको छ।…

दक्षिणी लेबनानमा हिजबुल्लाहले इजरायली सैनिकलाई लक्षित गर्दै विस्फोटक ड्रोन प्रहार गरेपछि इजरायली सेनाले हिजबुल्लाहका सैन्य पूर्वाधारमाथि हवाई तथा स्थल कारबाही…

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (IRGC) ले अमेरिकी विमानवाहक युद्धपोत र अमेरिकी नौसेनाको एक डेस्ट्रोयरलाई लक्षित गर्दै धेरैवटा ब्यालेस्टिक मिसाइल…

प्रतिकृयाहरू
...