Saturday 26th September 2026

कुवेतमा झापाकी मुना राईकाे हृदयाघातकाे कारण मृत्यु


हरी कृष्ण न्यौपाने – बुद्दशान्ती-७, धारागोला भ्यूटावर झापा घर भई कुवेतमा घरेलु महिला कामदारको रुपमा कार्यरत मुना राईको हृदयघातको कारण मृत्‍यु भएको छ। भारतीय बाटो हुँदै करिब ३ बर्ष अघी कुवेत आएकी मुनाको २० मेई,२०२१ बिहीवारको दिन मृत्‍यु भएको हो ।

नेपाली राजदूतावास कुवेतका द्वित्तीय सचिव श्रीकृष्ण सिलवालले तीतोपाटी डट कम संग भने ” रहदानी नं-१०६७३६८३ भएकी मुना राईको मृत्‍यु भएको जानकारी नेपाली राजदूतवासमा आए पछी हामीले मृतकको परिवार र कुवेतको सम्बन्धित निकायसंग कानुनी प्रकृयाको लागि समन्वय शुरु गरिसकेका छौ । सिलवालले थपे, ” मृतक राई भारतीय बाटो हुँदै श्रम नगरी कुवेत आएको र केही समय देखी आफ्नो स्पोन्सर छोडेर अबैधानिक रुपमा काम गर्दै आएको देखिएको छ।”

पारिवारिक श्रोतका अनुसार २८ बर्षिय मृतक मुना राईको श्रीमानको पनि मलेशियामा कार्यरत रह्दै गर्दा मृत्‍यु भएको थियो।


सम्बन्धित शीर्षकहरु

विश्वभर जलवायु परिवर्तनको असर तीव्र रूपमा देखिन थालेपछि यो विषय अहिले विश्वको प्रमुख एजेन्डा बनेको छ। संयुक्त राष्ट्रसंघका हालैका प्रतिवेदनले…

पाकिस्तानले अफगानिस्तानका १० स्थानमा हवाई तथा ड्रोन हमला गरेको जनाएको छ। पाकिस्तानका सूचनामन्त्री अताउल्लाह तरारका अनुसार ती स्थानहरू ड्रोन लन्च…

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सम्बोधन गर्दै नेपाली प्रधानमन्त्री बालेन्द्र शाहले हालै नेपालमा आएको विनाशकारी बाढी र जलवायु परिवर्तनका असरबारे विश्व…

प्रतिकृयाहरू
...