Tuesday 29th September 2026

प्रतिमा शिवाकोटीको गजल संग्रह, भाग – २०


दिन रात आँखा बाट, बर्बर आँशु झरे पनि ।
ठिकै छ यहाँ भन्छ्यौ अरे,जति दुख परे पनि।

सपना ठुलो देखाएर,बैसालु त्यो जोवन लुटि,
घर न घाट्को बनाएर,बसाइ अन्तै सरे पनि।

अस्ति भन्दा हिजो धेरै, हिजो भन्दा आज,
दुनियाँले तिमी माथी, अत्याचार नै गरे पनि।

संघर्षमै जिउने रहर,एक मुठ्ठी सास रहेसम्म,
भएका ति खुशिका पल, पराइले हरे पनि ।

पाइलाहरु चालिरहें ,गन्तव्यमा पुग्नलाई,
जिन्दगीको गोरेटोमा,काँडै काँडा छरे पनि।

प्रतिमा शिवाकोटी
कालिन्चोक गा.पा ८, सुनखानी,दोलखा
बागमती प्रदेश ।
(रचना: २०७८जेठ ६ बिहीवार)


सम्बन्धित शीर्षकहरु

अमेरिकी गुप्तचर संस्था सीआईएले रुसले स्पेन, इटाली र फ्रान्सलाई लक्षित गर्दै ड्रोन आक्रमण गर्न सक्ने सम्भावनाबारे केही भूमध्यसागरीय देशलाई जानकारी…

अमेरिका र इरानबीच परमाणु कार्यक्रमलाई लिएर फेरि वार्ता हुने सम्भावना देखिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले परमाणु विषयमा ठोस…

अमेरिकी अन्तरिक्ष कम्पनी स्पेसएक्सले आफ्नो शक्तिशाली रकेट स्टारशिप सफलतापूर्वक अन्तरिक्षमा पठाएको छ। रकेटले २६ वटा स्टारलिङ्क इन्टरनेट उपग्रहलाई कक्षामा स्थापित…

प्रतिकृयाहरू
...