Sunday 1st November 2026

कुवेतमा मोरङका सोम प्रसाद दाहालको मृत्‍यु,परिवारलाई सम्पर्कमा आउन दूताबासको आग्रह


हरी कृष्ण न्यौपाने-बाहुने-९ दौलतपुर,मोरङ घर भई कुवेतमा कार्यरत सोम प्रसाद दाहालको उपचारको क्रममा मृत्‍यु भएको छ।दाहालको मृत्‍यु १६ मेई,२०२१ आइतबारको दिन उपचारको क्रममा भएको हो।साथै मृतकको परिवारसंग सम्पर्क हुन नसकेकोले मृतकको परिवार वा आफन्तलाई नेपाली राजादूताबास कुवेतमा सम्पर्क गर्न दुताबासले आग्रह गरेको छ।

नेपाली राजदूताबास कुवेतका दित्तिय सचिब श्रीकृष्ण सिलवालले तीतोपाटी डटकमसंग भने” राहदानी नं- ०६७८९२८४ का सोम प्रसाद दाहालको मृत्‍यु भएको जानकारी राजदूताबासमा आए पनि मृतकको परिवार संग संपर्क हुन नसकेको कारण कानुनी प्रकृया पुरा गर्न र शब पठाउन समेत समस्या परेको छ।” सिलवालले थपे”राहदानी लिदाको विवरणको आधारमा बाहुने-९ दौलतपुर,मोरङका सोम प्रसाद दाहालको श्रीमतीको नाम अम्बिका दाहाल देखिएको छ। जन्म मिती बि.स. २०२६/०६/१६भएका दाहाल केही समय देखी अबैधानिक रुपमा काम गर्दै आएको पाइएको छ।दाहालको नयाँ राहदानीमा श्रम गरिएको रेकर्ड नदेखिए पनि फिङर प्रिन्टबाट आएको डाटाका अनुसार उनको भिसा एक क्याटरिङ्ग कम्पनीमा भएको पाइएको र उक्त भिसा सन २०२० मै समाप्त भएको देखिएको छ।”

मृतक सोम प्रसाद दाहालको परिवारसंग सम्पर्क हुन नसकेकोले मृतकको परिवार वा आफन्तलाई नेपाली राजादूताबास कुवेतको हटलाइन नं-००९६५-९८८६९१२१ मा सम्पर्क गर्न अनुरोध गरिन्छ।


सम्बन्धित शीर्षकहरु

तेहरान । इरानका वरिष्ठ राजनीतिक व्यक्तित्व तथा वैज्ञानिक डा. मोहम्मद जावाद लारिजानीले आफ्नो देशको परमाणु प्रविधि र क्षमताबारे विवादास्पद दाबी…

वासिङ्टन । आज सुक्खा, धुलाम्मे र हावाले उडाएको मरुभूमिजस्तो देखिने मङ्गल ग्रहको एउटा उपत्यकामा अर्बौं वर्षअघि नदी बग्थ्यो भन्ने प्रमाण…

लोकतान्त्रिक गणतन्त्र कंगो (DR Congo) मा फैलिएको इबोला महामारीबाट हालसम्म ५,००० भन्दा बढी मानिसको मृत्यु भएको छ। सरकारी तथ्याङ्कअनुसार मे…

प्रतिकृयाहरू
...