Sunday 18th October 2026

महामारीमा पनि कलकारखानामा भिडभाड, के संक्रमण रोकिएला त ?


बि.आर. उप्रेती, बारा नेपाल – विश्वमा महामारीको रूपमा फैलिरहेको कोरोना भारतमा अत्यधिक र हाम्रो नेपालमा पनि हालको अवस्था देख्दा यसबाट विकराल हुने संभावना सबैलाई थाहा छ। यस्तो कहाली लाग्दो अवस्था नहोस् भनि सरकारले तत्-सम्बन्धमा जनहितको लागि सूचना तथा सचेतना सम्बन्धि सामाग्रीहरू पटकपटक जारी गरिरहेको छ । यस अनुरुप जनता सकेसम्म सचेत छन् ।

सरकारले गरेको निशेधाज्ञाको पालना गर्न किन गाह्राे भयो ? कलकारखानामा मजदुरहरु काम गरिरहेकै छ्न्, भिडभाड जस्ताको त्यस्तै छ, संघ संस्था(वित्तीय संस्थाहरु)ले समुह गठन गरि ॠण लगानी गरिरहेकोमा पटकपटक महिनै पिच्छे ब्यक्तिहरु (ॠणीहरु) जम्मा गरी सभा र मिटिङ्ग गरिरहेकै छन् । किन यस्तो गरेको हो ?

सरकारले पटकपटक जनचेतनामूलक सन्देशहरू जन-हितमा जारी गरिरहँदा पनि बस ट्रक जस्ता भिडभाड हुने सवारीका साधन गुडिरहेकै छन् । यसरी बुझ पचाएर निशेधाज्ञाको उल्लंघन गरि हुल हुज्जत र भिडभाड हुने कार्य गरेमा आफ्नु……..मा आफैंले राँको लाउनु जस्तो हो । यस्तो विषम परिस्थितिमा (स्वास्थ्य बच्ने र बचाउने जस्तो अवस्थामा) पनि चिन्तन हुनुपर्ने व्यक्तिले नसोची यस्तै क्रियाकलापलाई निरन्तरता दिइ रहेमा देशमा के होला दुर्दशा ? के यहि पाराले संक्रमण रोकिएला ?

त्यसकारण उपरोक्त अनुसार संघ संस्थाहरु (बित्तीय संस्थाहरु)ले त्यसरी सभा मिटिङ्ग, सवारीका साधनहरु जस्ता भिडभाड हुने क्रियाकलाप बन्द गर्नु पर्दैन र ? जहाँ जतासुकै पनि यस्तै चर्चा गरिरहेका छन् । तसर्थ यस्ता विषम कुराहरू उपर सरकारले मात्र नभई नेता, बुद्धिजीवीहरु तथा सम्बन्धित सरोकारवालहरू सबैको ध्यानाकर्षण होस् ।

बि. आर. उप्रेती
बारा नेपाल ।


सम्बन्धित शीर्षकहरु

भारतमा ‘कोक्रोच जनता पार्टी’का संस्थापक अभिजीत दिप्के प्रहरी नियन्त्रणमा, बेपत्ता बनाइएको आरोपले चर्कियो विवाद भारतको राजधानी नयाँदिल्लीमा ‘कोक्रोच जनता पार्टी’का…

दूर क्षितिजबाट आज तिमीलाई निहारेँ, नयनका बाटोभरि तिम्रै छवि सिँगारेँ। मन्द पवन बनी आयो तिम्रो मधुर सुवास, श्वास–श्वासभित्र राखेँ प्रेमको…

अब सरकारी सडकमा बिटुमिन र असफाल्टको सट्टा कङ्क्रिटलाई प्राथमिकता! स्वदेशी सामग्री प्रयोग गर्न नयाँ निर्देशिका काठमाडौं, असोज ३० — सरकारले…

प्रतिकृयाहरू
...